२५ बैशाख २०७८, शनिबार

पसलमा आक्रमण गरी लुटपाट गरेको आरोपमा चार युवक पक्राउ

  प्रकाशित मिति
३ बैशाख २०७८, शुक्रबार ०६:४०



महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित राजु हार्डवेयर पसलका व्यापारीमाथि आक्रमण गरी लुटपाट गरेको आरोपमा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मटिहानी–७ बस्ने ३० वर्षीय राजीव यादव, २६ वर्षीय सुरज मण्डल, १७ वर्षीय रामप्रवेश मण्डल र २१ वर्षीय केवलकुमार मण्डल रहेका छन् ।

प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार मङ्गलबार राति करिब ९ बजेको समयमा पाँच जनाको समूहमा आएका युवाले पसलको ढोका तोडफोड गरी भित्र पसेर पसले राजु चौधरी तथा उनका छोरा गौरव चौधरीलाई अश्लील गालीगलौज गर्नुका साथै मोटरसाइकलको हेलमेट र मुक्का, लात्तीले कुटपिट र लुटपाट गरेका पीडित पसलेले बताएका छन् । हेलमेटले हिर्काएर भागेकाहरुको एक थान हेलमेट अझै सो पसलमा छुटेको अवस्थामा छ ।

मदिरा खाएर मात्तिएका युवाको समूहले राजुको पसलको गल्ला (पैसा राख्ने स्थान)बाट तीन लाख रुपैयाँ र एक थान मोबाइल लुटेर लगेको राजुले बताएका छन् । सो घटनाको विरोधमा स्थानीय व्यापारीले आफूहरु असुरक्षित भएको भन्दै बुधबारदेखि महोत्तरी उद्योग वाणिज्य सङ्घ मटिहानीमा तालाबन्दी गरेका छन् । उनीहरुले प्रदर्शन र नाराबाजी गरिरहेका छन् ।

व्यापारीहरुको सुरक्षाका लागि कुनै चासो नदेखाएको भन्दै स्थानीय व्यापारीले तालाबन्दी गरेपछि सङ्घका अध्यक्ष मोहनप्रसाद गुप्ता पनि व्यापारीसँग ऐक्यबद्धता प्रकट गर्दै उनीहरूसँग प्रहरी प्रशासनविरुद्ध आन्दोलनमा उत्रिएका छन् । उद्योग वाणिज्य सङ्घ मटिहानीले दोषीउपर कडाभन्दा कडा कानूनी कारवाही नभए थप सङ्घर्षका कार्यक्रम अगाडि सार्ने बताएका छन् ।

मटिहानी बजारमा पटक–पटक यस प्रकारका घटना हुँदै आए पनि प्रहरी चौकी तथा सशस्त्र बिओपीको उदासीनताका कारण दोषी उम्कने तथा व्यापारी लुटिने गरेको स्थानीय व्यवसायीको आरोप छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भ्रष्टाचार नियन्त्रणसम्बन्धी चीनको सर्वोच्च निकायले भड्काउ एवं सुखभोगी जीवनशैली अपनाउने चिनियाँ कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि कारबाही गरेको छ । यस

गैंडा चोरी शिकार गरेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा २४ जनालाई पक्राउ गरेको जानकारी दिएको छ । पछिल्लोपटक

निर्दलीय पञ्चायती ब्यवस्था बिस्थापित भएर प्रजातन्त्र स्थापना भएको तीन दशकपछि निर्वाचनमा एउटा मात्र दलीय उम्मेदवार खडा भएको र उक्त उम्मेदवारका

विशेष प्रतिनिधि, दाङ दाङमा १४ जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये एक जनाको मृत्यु भएको छ भने