हात्तीको आक्रमणबाट किसानको मृत्यु

हात्तीको आक्रमणबाट किसानको मृत्यु



हात्तीको आक्रमणबाट सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा एक किसानको आज मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट हनुमाननगर कङ्कालिनी-१ भारदह बस्ने ५८ वर्षीय नारायण प्रमाणीको मृत्यु भएको हो ।

कोशी नदी पश्चिम किनार गोलघर नजिक खेतमा काटेर राखिएको गहुँको रखवारी गर्न गएका प्रमाणीको हात्तीले कुल्चेर मृत्यु भएको स्थानीयवासीले बताए । मृतकका एक श्रीमती, छोरी र छोरा रहेका बताइएको छ ।

file photo