२५ बैशाख २०७८, शनिबार

प्रधानमन्त्री र राजपाका शीर्ष नेताबीच ‘सकारात्मक’ छलफल

  प्रकाशित मिति
२ बैशाख २०७८, बिहीबार १८:४९



प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको छलफल सकारात्मक रहेको बताइएको छ ।

बिहीबार दिउँसो प्रधानमन्त्री ओली र अध्यक्ष ठाकुरबीच छुट्टाछुट्टै कुराकानी भएको थियो । सो छलफलपछि साँझ पुनः कार्यदल स्तरमा विचारविमर्श भएको थियो । भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको र सकारात्मक रहेको कार्यदलका सदस्यसमेत रहेका प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन् ।

कार्यदलमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भट्टराई सदस्य छन् । यस्तै जसपाका नेता सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण जसपाकातर्फबाट कार्यदलमा सदस्य छन् ।

ज्ञातव्य छ, जसपाले कारागारमा रहेका सांसद रेशम चौधरीको रिहाइ, टीकापुरलगायत अन्य घटनामा मुद्दा चलेकाको मुद्दा फिर्तालगायतका माग राख्दै आएको छ ।

file photo



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राजन घिमिरे कालजयी गायक एवम् संगीतकार प्रेमध्वज प्रधानले अब घुम्तीमा नआउ भनेर आग्रह गर्नुहुने छैन, न त गोरेटोतर्फ नै भेटिनुहुनेछ

भ्रष्टाचार नियन्त्रणसम्बन्धी चीनको सर्वोच्च निकायले भड्काउ एवं सुखभोगी जीवनशैली अपनाउने चिनियाँ कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि कारबाही गरेको छ । यस

गैंडा चोरी शिकार गरेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा २४ जनालाई पक्राउ गरेको जानकारी दिएको छ । पछिल्लोपटक

निर्दलीय पञ्चायती ब्यवस्था बिस्थापित भएर प्रजातन्त्र स्थापना भएको तीन दशकपछि निर्वाचनमा एउटा मात्र दलीय उम्मेदवार खडा भएको र उक्त उम्मेदवारका