२ जेष्ठ २०७८, आईतवार

भारतमा एकै दिन दुई लाखभन्दा बढी संक्रमित, एकै दिन १०३८ जनाको मृत्यु

  प्रकाशित मिति
२ बैशाख २०७८, बिहीबार ०८:०७


भारतमा बुधबार एकै दिन थप २ लाख भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४० लाख ७४ हजार भन्दा बढी पुगेको छ । भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएअनुसार कोरोना भाइरस सङ्क्रमणको माहामारी शुरु भएयता भारतमा एक दिनमा २ लाख भन्दा बढी संङ्क्रमित भएको यो नै पहिलो पटक हो ।

यसअघि मङ्गलबार एक दिनमा १ लाख ८४ हजार भन्दा बढी व्यक्ति संङ्क्रमित भएको जनाइएको थियो ।

कोरोना सङ्क्रमणबाट भाारतमा बुधबार एकै दिनमा एक हजार ३८ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७३ हजार नाघेको सिन्ह्वाले जनाएको छ ।

पछिल्लो केहीदिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित हुदै आएका थिए भने बुधबार एकैदिनमा २ लाख भन्दा बढी सङ्क्रमित भएका हुन् । यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरुको सख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ ।

भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको शुरुवात भएको थियो । सो समयदेखि हालसम्म १० करोड ५० लाख भन्दा बढी व्यक्तिहरु खोप लगाइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लोपटक लिएको पद तथा गोपनीयताको शपथबारे स्पष्ट गर्न र गैरसांसदलाई मन्त्री बनाउने काम बदर गर्न माग

कोरोना भाइरसको नयाँ भेरियन्टसहितको दोस्रो लहरका कारण महामारी पछिल्लो समय ज्यान गुमाउनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । भारतसँग

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ७३६८

भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ । कोरोना भाइरसको