जापानमा पनि दिनदहाडै लुटपाट !

जापानमा पनि दिनदहाडै लुटपाट !


  • विशेष प्रतिनिधि, नागोया (जापान)

जापानको नागोया शहरमा बाटोमा हिँडिरहेको मानिसको अनुहारमा विषालु झोल पदार्थ छ्यापेर दिनदहाडै ३० लाख येन लुटपाट गरिएको छ ।

स्थानीय सान्केइ पत्रिकाले समाचारमा जनाएअनुसार मंगलबार दिउँसो ४ः५० बजे नागोया सहरको मिनातो वार्डमा उक्त घटना घटेको हो । मिनातो वार्डस्थित सडकमा हिँडिरहेका एक ३८ वर्षीय मानिसको अनुहारमा स्प्रे छर्केर दुई व्यक्तिहरुले उनसँग भएको नगदसहितको झोला खोसेर भागेका हुन् । ती लुटेराहरु भागेपछि, उनले मेवाइल फोनबाट प्रहरीलाई खबर गरेका थिए । तत्काल अस्पताल लगिएका उनको अनुहारमा खासै गम्भीर असर नरहेको बताइएको छ ।

पुरातात्विक तथा पुराना सामानहरुको खरिदबिक्रीसँग सम्बन्धित कम्पनीमा काम गर्ने ती पीडित व्यक्ति मंगलबार एक ग्राहकबाट आफूसँग केही विशेष सामानहरु भएको भन्दै खरिदका लागि हेर्न आउन अनुरोधसहितको मेल प्राप्त भएपछि उक्त स्थानतर्फ जाँदै थिए । त्यसैले उनले त्यति धेरै पैसा बोकेका थिए ।