अमेरिका भ्रमणमा निस्कँदै जापानी प्रधानमन्त्री सुगा

अमेरिका भ्रमणमा निस्कँदै जापानी प्रधानमन्त्री सुगा


  • विशेष प्रतिनिधि, टोकियो (जापान)

जापानका प्रधानमन्त्री योसिहिदे सुगा भोलि बिहीबार अमेरिकाको भ्रमणमा निस्कने भएका छन् । जापानको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार उनी भोलि नै अमेरिका पुग्ने र औपचारिक भेटघाट गर्नेछन् ।

जोए बिडेन अमेरिकाको राष्ट्रपतिमा निवार्चित भएपछि जापानका तर्फबाट पहिलो पटक प्रधानमन्त्री सुगाले अमेरिका भ्रमण गर्न लागेका हुन् । प्रधानमन्त्री सुगा र अमेरिकी राष्ट्रपति बिडेनबीच टेलिफोनमा कुराकानी हुँदै आए पनि आमनेसामने हुने साइत पहिलो पटक जुरेको हो ।

यी दुवै राष्ट्रप्रमुखले पहिलो पटक गर्न लागेको भेटमा के कस्ता विषयमा कुराकानी हुन्छ भन्ने खुलाइएको त छैन तर कोरोना संक्रमण नियन्त्रण, एसियन राष्ट्रहरुसँगको सम्बन्ध र म्यानमारको राजनीतिक संकटका विषयमा छलफल हुन सक्ने संचारमाध्यमहरुले विश्लेषण गरेका छन् ।