कुन राशिको लागि कस्तो छ नयाँ साल ?

कुन राशिको लागि कस्तो छ नयाँ साल ?


‘वि.सं. २०७८’ को राशिफल

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य


मेष – वर्षभरी गुरुग्रह लाभ स्थानमा र राहु दोस्रो स्थानमा तथा शनि ग्रह कर्म स्थानमा भ्रमणशील रहनेछन् । सन्तानसुख बढ्ला । नोकरी र सामाजिक क्षेत्रमा मान–सम्मान मिल्नेछ । परिवारमा मांगलिक काम हुनेछ । उन्नति–पदोन्नति होला । देश–विदेशसित सम्बन्धित काम बन्नेछ । व्यापारमा प्रगति होला । शैक्षिक, वौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । पैतृक सम्पत्ति र पारिवारिक वातावरण मध्यम रहनेछ । जोखिमप्रति सचेत रहनुहोला, अनावश्यक चिन्ता लिनु हितकर नरहला । ‘ॐ गं गणपतये नमः, ॐ अमृतेश्वर भैरवाय नमः’ मन्त्र जप गरे कल्याण हुनेछ । ८ रति गणेश मुँगा धारण गर्नु हितकर होला ।

बृष – अध्ययन तथा अध्यापनमा सफलता हासिल होला । यात्रापरक काम बन्नेछ । वैदेशिक कामबाट लाभ प्राप्त हुनेछ । प्रायःजसो क्षेत्रमा संघर्ष होला तर सफलता पनि प्राप्त हुनेछ । साझेदारीको काम, दाम्पत्य जीवन तथा सामाजिक कार्यमा सफलता मिल्नेछ तथापि यी क्षेत्रमा केही कठिनाई पनि आइपर्ने योग छ । तीर्थयात्रा, वैदेशिक काम, धार्मिक कार्य, आयात–निर्यात, व्यापार, व्यवसाय, शुभ कार्य आदिमा पनि सफलता मिल्नेछ । भूमि, वाहन, प्रसिद्धि, आफन्तसित सम्बन्धित काममा केही चिन्ता रहला । आर्थिक र राजनीतिक तथा सामाजिक कार्यमा योजना बनाइ अगाडि बढ्नु उचित हुनेछ । १० रतिको ओपल धारण गर्नु होला । ‘ॐ ह्रीं विश्वरुपाय नमः’ मन्त्रको जप अत्यन्तै कल्याणकारी होला ।

मिथुन – यस राशिवालालाई शनिको अढैयाले प्रभावित गरिरहने छ । शनि जन्मपत्रिका योगकारक र शुभ फलदायक रहेमा नयाँ काम बन्नेछ । वर्षभरी बृहस्पति र केतु अनुकूल रहनाले मानसम्मान सुखशान्ति मिल्नेछ । दीर्घकालिक काम बन्नेछ । मान–महत्व बढ्नेछ । वैदेशिक काम बन्नेछ । शनि, राहु, केतु, गुरु आदि ग्रहको शान्तिपूजा गर्नु कल्याणकारी होला । समय–समयमा चिन्ता तनाव आलस्य निराशा अनावश्यक खर्च हुने भइरहनेछ । जोखिममा नपर्नु हितकर रहला । ‘ॐ अमृतेश्वर भैरवाय नमः,ॐ ह्रीं रामदुताय नमः’ मन्त्रको जप अत्यन्तै कल्याणकारी होला ।

कर्कट – यस वर्षमा ऋण रोग दरिद्रता शत्रु आदिलाई जित्ने सामर्थ्य बढ्नेछ । लाभस्थानबाट राहुले समृद्धि र सफलता प्रदान गर्नेछ । पशुपालन र व्यवसायबाट लाभ हुनेछ । शैक्षिक र रचनात्मक काममा विशेष ध्यान केन्द्रित गर्नुपर्नेछ । धन यश मान महत्व बढ्नेछ । घर सम्पत्ति बढ्नेछ । उन्नति पदोन्नति होला । नयाँ काम बन्नेछ । रोकिएको काम बन्नुका साथै विविध प्रकारका विकासका अवसर प्राप्त हुनेछ । सामाजिक र आर्थिक राजनैतिक धार्मिक आदि काम बन्नेछ । साझेदारी र दाम्पत्य जीवनमा विशेष ध्यान पुर्याउनुहोला । ६ रतिको मोति धारण गर्नुहोला । ‘ॐ शाम्बसदाशिवाय नमः’ मन्त्रको जप गरे अत्यन्तै कल्याणकारी सावित हुनेछ ।

सिंह – वर्ष हितकर र महत्वपूर्ण रहला । बृहस्पतिले शुभ फल दिइराखेको छ । दाम्पत्यजीवन र व्यवसायिक क्षेत्रमा विशेष सफलता प्राप्त हुनेछन् । केतु प्रतिकुल रहनेहुँदा पेटसम्बन्धी, जग्गाजमिनसम्बन्धी तथा मोटरगाडीसँग सम्बन्धित समस्याहरू देखिने छन् । शैक्षिक क्षेत्रमा विशेष सफलता प्राप्त होला । वौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । इष्टमित्रको साथ मिल्नेछ र सन्तानसुख पाइनेछ । उन्नति पदोन्नति होला र मान महत्व बढ्नेछ । यात्रा, आयात–निर्यात, वैदेशिक काम, शुभ र धार्मिक क्षेत्रसित सम्बन्धित काममा सफलता मिल्नेछ । अन्नधन बढ्नेछ । आशाउत्साहमा वृद्धि होला । ५ रतिको मानिक्य धारण हितकर होला । ‘ॐ घृणि सूर्याय नमः, ॐ श्री लक्ष्मीनाराणाय नमः, ॐ वक्रतुण्डाय हूम्’ मन्त्रको जप अत्यन्तै कल्याणकारी होला ।

कन्या – वर्ष सङघर्षपूर्ण र उपलब्धिकारक होला । केतुको शुभताको कारणले आकस्मिक लाभ हुनेछ साथै परिवारमा मांगलिक काम हुनेछ । शनि र बृहस्पतिको पूजाआजा गर्नु हितकर होला । धनसम्पत्ति, भूमि, वाहन, मान, प्रसिद्धि प्राप्त हुनेछ । वैदेशिक काम बन्नुका साथै विविध प्रकारका विकासका अवसर प्राप्त हुनेछ । उन्नति–पदोन्नति होला । शैक्षिक वौद्धिक रचनात्मक कार्यमा सफलता मिल्नेछ । इष्टमित्रको साथ मिल्नेछ । प्रेममा सफलता मिल्नेछ । सन्तान सुख पाइनेछ । स्वास्थ्यमा ध्यान पुर्याउनुहोला । जोखिममा नपर्नु हितकर रहला । ‘ॐ शं शनैश्चराय नमः, ॐ नमोः भगवते वासुदेवाय’ मन्त्रको जप अत्यन्त कल्याणकारी होला । ६ रति पन्ना धारण गर्नुहोला ।

तुला – शनि ग्रह जन्मपत्रिकामा योगकारक रहेमा समस्याको समाधान मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । विजय प्राप्त होला । यश वर्चश्व बढ्नेछ । उन्नति पदोन्नति होला । इष्टमित्रको साथ मिल्नेछ । सन्तान सुख पाइनेछ । पारिवारिक वातावरण सहयोगकारक रहला । प्रेमपथमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखमय होला । केस मुद्दामा सफलता प्राप्त हुनेछ । शैक्षिक बौद्धिक रचनात्मक कार्यमा सफलता मिल्नेछ । ग्रहको प्रभाव त्यति हितकर नलागेमा बिघ्नबाधा विवाद झन्झट आदि बढेको लागेमा संयमपूर्वक सोचीविचारी योजना बनाइ अगाडि बढ्नु उचित हुनेछ । आवेगमा कुनै निर्णय नलिनुहोला । शनि, राहु र केतुको शान्तिको लागि भाङ धतुरो र दहीको पानीले शिवपूजन कल्याणकारी होला । सादा चाँदीको औँठी, १० रतिको ओपल आदि धारण गर्नुहोला । ‘ॐ अमृतेश्वर भैरवाय नमः, ॐ लक्ष्मीनरसिंहाभ्यां नमः’ मन्त्रको जप हितकर होला ।

वृश्चिक – वर्ष संघर्ष र सफलताप्रदायक रहला । जग्गा जमिन वाहन सम्पत्तिसित सम्बन्धित काममा सफलता मिल्नेछ । साहस, आँट उत्साह बढ्नेछ । सामाजिक, धार्मिक, वैदेशिक काममा सफलता मिल्नेछ । दीर्घकालिन आयस्रोत बढ्ला । आफन्तको सहयोग मिल्नेछ । शत्रु र वैरीमाथि विजय हासिल हुनेछ । इष्टमित्र सन्तान प्रेमसुख बढ्ला । कुटनितिक सामर्थ्य बढ्नेछ । जोखिम, साझेदारी, केस मुद्दासित सम्बन्धित काममा सचेत रहनुपर्ला । स्वास्थ्यमा ध्यान पुर्याउनुहोला । ‘ॐ गं गणपतये नमः, ॐ दुर्गे दुर्गे रक्षिणी स्वाहा, ॐ ऐं शारदा नमः’ मन्त्रको जप अत्यन्तै कल्याणकारी होला । ८ रति मुँगा गणेशको धारण हितकर होला ।

धनु – धनु राशि वर्षभरी शनि साढेसातीले प्रभावित रहनेछ । शनि व्यक्तिगत जन्मपत्रिमा योगकारक भएमा स्थिर सफलता दायक हुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ,तर ग्रह कमजोर भएमा विभिन्न प्रकारका समस्या देखापर्नेछ । झुठो आरोप लाग्ने वैरभाव बढ्ने शारीरिक, मानसिक, आर्थिक, राजनैतिक, सामाजिक व्यापारिक आदि काममा विघ्नबाधा देखा पर्ला । राहुको कारणले सुख र धनमा वृद्धि होला । व्यवसाय र साझेदारीको कामबाट सन्तोष मिल्नेछ । बेसार र उखुको रसले शिवलाई अभिशेष गर्नु हितकर होला । ‘ॐ नमोः भगवते वासुदेवाय, ॐ अमृतेश्वर भैरवाय नमः’ मन्त्रको जप हितकर होला । ९ रति पुष्पराज धारण गर्नु र शनि यन्त्र साथमा राख्नु शुभ होला ।

मकर – यस राशिमा वर्षभरि शनि ग्रहको मध्य साढेसाती प्रभाव रहला । बृहस्पति र केतुले शुभ फल दिइरहेका छन् । सामाजिक, धार्मिक र वैदेशिक काममा सफलता प्राप्त होला । शनि जन्मपत्रिमा योगकारक भएमा विभिन्न प्रकारका विकासका अवसर प्राप्त हुनेछ । शैक्षिक काम पनि बन्नेछ । मान पुरस्कार प्राप्त होला । सम्पति सम्बन्धित समस्याको समाधान मिल्नेछ । गौरव बढ्नेछ । आर्थिक राजनैतिक सामाजिक व्यापारिक आदि काममा विघ्नबाधा हट्ने छ । सफलता र समृद्धि प्राप्त हुनेछ । सुखशान्ति बढ्नेछ । ग्रहको प्रभाव प्रतिकुल रहेमा मनमा अशान्ति, कार्यमा विघ्न वाधा र परिवारमा असन्तोष रहनेछ । स्वास्थ्यमा ध्यान पुर्याउनुहोला । योजना र बजेट बनाइ काम गर्नु हितकर होला । काम, क्रोध, लोभ, आलस्य आदिप्रति सचेत रहनुपर्ने छ । ‘ॐ शं शनैश्चराय नमः, ॐ महाँकालाय नमः’ मन्त्रको जप अत्यन्तै कल्याणकारी होला । ६ रतिको निलम धारण गर्नु र शनि यन्त्र साथमा राख्नुहोला ।

कुम्भ – यस वर्षमा कुम्भ राशिमा शनिको प्रभाव रहिरहला । शनि ग्रह जन्म पत्रिकामा योगकारक भएमा स्थिर सफलता मिल्नेछ । नयाँ काममा पनि सफलता मिल्नेछ । नोकरी, रोजगारी, व्यवसाय, सामाजिक कार्य, राजनैतिक, धार्मिक, यात्रा परक कार्य आदि काममा सफलता मिल्नेछ । ग्रह अशुभ फलदायक रहेमा मनमा अशान्ति कार्यमा विघ्नबाधा आलस्य निराशा अनावश्यक खर्च आइरहनेछ । सम्पत्ति प्रसिद्धि आदिसित सम्बन्धित काममा बाधा विवाद आउनेछ । अध्ययन अनुसन्धान शैक्षिक वौद्धिक रचनात्मक कार्यमा विस्तारै प्रगति हुनेछ । घरमा शुभ काम होला । वैदेशिक क्षेत्रबाट लाभ प्राप्त हुनेछ । साझेदारीको काम र व्यवसायबाट लाभ प्राप्त हुनेछ । अध्ययनमा प्रगति होला । कल्याणको निम्ति ‘ॐ शं शनैश्चराय नमः, ॐ अमृतेश्वर भैरवाय नमः’ मन्त्र जप गर्नुहोला । कालो घोडाको टापको औँठी र ६ रति नीलम धारण गर्नु हितकर होला । गरीब, कौवा, कुकुर, कमिला आदिलाई भोजन प्रदान गरे शुभ फलदायी होला ।

मीन – वर्ष शुभ र सफलतादायक रहला । उन्नति पदोन्नति होला । नयाँ काममा सफलता मिल्नेछ । धनसम्पत्ति भूमि वाहन घर आदिसित सम्बन्धित सफलता मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । सन्तान सुख पाइनेछ । आफन्तको सहयोग मिल्नेछ । उद्योग वाणिज्यमा विस्तारै प्रगति हुनेछ । मुद्दामामिला र विवादमा विजय प्राप्त हुनेछ । इष्टमित्रको दाजुभाइ आदिको साथ प्राप्त हुनेछ । अधुरो काम बन्नुको साथै समस्याबाट मुक्ति प्राप्त हुनेछ । राहु र शनिले शुभ फल दिने हुँदा आर्थिक उत्थान हुनेछ । नयाँकाम बन्नेछ । समस्याबाट मूक्ति सुख प्राप्त होला । वैदेशिक, सामाजिक व्यापारिक, राजनैतिक धार्मिक यात्रा परक आदिसित सम्बन्धित काममा जोखिम र विवादमा नपर्नु हितकर होला । ९ रति पुष्पराज धारण गर्नु हितकर होला । ‘ॐ नमोः भगवते वासुदेवाय’ मन्त्रको जप अत्यन्तै शुभ फलदायी रहला ।