अष्ट्रेलियन प्रधानमन्त्रीले दिए नेपालीलाई नयाँ वर्षको शुभकामना सन्देश

अष्ट्रेलियन प्रधानमन्त्रीले दिए नेपालीलाई नयाँ वर्षको शुभकामना सन्देश


  • राजन घिमिरे

नेपालीको नयाँ वर्ष वि.सं. २०७८ को उपलक्ष्यमा अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शुभकामना सन्देश दिएका छन् । प्रधानमन्त्री कार्यालयद्वारा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री मोरिसनले विक्रम सम्वत २०७८ को शुभकामना दिएका हुन् ।

अष्ट्रिेलियन प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ- ‘नयाँ वर्ष विगतलाई सम्झिएर भविष्यका लागि आशा बाँड्ने अवसर पनि हो ।’

प्रधानमन्त्री मोरिसनले अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई युवा र जोश जाँगरले भरिपूर्ण भन्दै अझै धेरै कुरा गर्न बाँकी रहेको बताएका छन् ।

कोभिड महामारीका बेलामा बहुसांस्कृतिक समुदायले नेतृत्वदायी भूमिका खेलेको तथा अष्ट्रेलियाको शक्ति स्रोतसमेत बनेको उल्लेख गर्दै प्रधानमन्त्री मोरिसनले अष्ट्रेलियामा नेपाली मूलका अष्ट्रेलियनहरुको पनि महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेका छन् ।