अस्मिता जुरेलीको समूहद्वारा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुँदै

अस्मिता जुरेलीको समूहद्वारा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुँदै



वैशाख ४ गते प्रतियोगिताको उदघाटन प्रधानमन्त्रीले गर्ने

  • राजन घिमिरे

नयाँ वर्ष २०७८ को अवसर पारेर राजधानीको भृकुटीमण्डपमा आगामी वैशाख ४ गतेबाट अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता सञ्चालन हुने भएको छ ।

रेस्लर एवम् कलाकार अस्मिता जुरेलीको समूहले आयोजना गर्न लागेको प्रतियोगिताको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।

प्रतियोगितामा अमेरिका, जापान, अष्ट्रेलिया, भारत र पाकिस्तानका रेस्लरहरू सहभागी हुने कलाकार तथा रेस्लर अस्मिता जुरेलीले जानकारी दिएकी छन् । ‘प्रतियोगितामा १५ जना विदेशी रेस्लर सहभागी हुने छन्’, उनले भनिन् ।

कोभिड महामारीको विषम परिस्थितिमा सुरक्षा उपाय अपनाएर प्रतियोगिता सञ्चालन गर्न लागेको अस्मिताको भनाइ छ ।