२५ बैशाख २०७८, शनिबार

भारतमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो

  प्रकाशित मिति
३० चैत्र २०७७, सोमबार १०:१४



भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा ९०४ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७० हजार नाघेको छ । कोरोना शुरु भएयता हालसम्म भारतमा एक लाख ७० हजार १७९ जनाको मृत्यु भएको केन्द्रीय सरकारले सोमबार जानकारी दिएको छ ।

गत २४ घण्टामा भारतमा १ लाख ६८ हजार ९१२ जनामा थप व्यक्तिमा कोरोना भाइरस सङक्रमण देखिएको छ । यो संख्या भारतमा कोरोना भाइरस शुरु भएयता कै सव भन्दा धेरै भएको जनाइएको छ ।

पछिल्लो केही दिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् । यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरुको सख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ । आइतबार भाइरस सङ्क्रमणको कारण ९०४ जनाको मृत्यु भएको छ । यस वर्ष शुरु भएपछि हालसम्मको तथ्याङ्कलाई हेर्दा यो संख्या सबभन्दा उच्च हो ।

भारतका कुल सङ्क्रमितको संख्या १ करोड ३५ लाख २७ हजार ७१७ जना भएको जनाइएको छ ।सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १२ लाख १ हजार भन्दा बढी रहेको छ । यद्यपि एक करोड २१ हजार ५७ हजार भन्दा बढी कोरोनामुक्त भएका छन् ।

भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको शुरुवात भएको थियो । सो समयदेखि हालसम्म १० करोड ४५ लाख २८ हजार ६६५ व्यक्तिहरु खोप लगाइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राजन घिमिरे कालजयी गायक एवम् संगीतकार प्रेमध्वज प्रधानले अब घुम्तीमा नआउ भनेर आग्रह गर्नुहुने छैन, न त गोरेटोतर्फ नै भेटिनुहुनेछ

भ्रष्टाचार नियन्त्रणसम्बन्धी चीनको सर्वोच्च निकायले भड्काउ एवं सुखभोगी जीवनशैली अपनाउने चिनियाँ कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि कारबाही गरेको छ । यस

गैंडा चोरी शिकार गरेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा २४ जनालाई पक्राउ गरेको जानकारी दिएको छ । पछिल्लोपटक

निर्दलीय पञ्चायती ब्यवस्था बिस्थापित भएर प्रजातन्त्र स्थापना भएको तीन दशकपछि निर्वाचनमा एउटा मात्र दलीय उम्मेदवार खडा भएको र उक्त उम्मेदवारका