२६ जेष्ठ २०८०, शुक्रबार

कस्या टाकुरोबाट सूर्याेदयको दृष्यावलोकन गर्नेको संख्या बढ्दै

  प्रकाशित मिति
३० चैत्र २०७७, सोमबार ०९:१३


  • डम्बर निदाल, डडेल्धुरा

जिल्ला सदरमुकामनजिकै अमरगढी नगरपालिका-७ मा रहेको डडेल्धुरा जिल्लाकै सबैभन्दा अग्लो डाँडा कस्या टाकुरीलाई पर्यटन प्रवर्द्धनका लागि निर्माण कार्य शुरु गरिएको छ ।

भौतिक पुर्वाधार विकास भइरहेको कस्या टाकुरोबाट सुर्याेदयको दृष्यावलोकन गर्नेको संख्या दिनदिनै बढ्दै गएको छ । डडेल्धुरा जिल्ला सदरमुकामदेखि ११ किलो मिटर उत्तरतर्फ महाकाली राजमार्गसँगै जोडिएको कस्या टाकुराबाट सूर्याेदय र सूर्यास्तको दृष्य रमणीय देखिने भएकाले अवलोकन गर्नेको संख्या बढ्दै गएको हो ।

कस्या टाकुरोलाई पर्यटन प्रवर्द्धनको लागि विकासको थलो बनाउन थालिएको हो । कस्या टाकुरोलाई प्राचीन, धार्मिक तथा ऐतिहांसिक डाँडाको रुपमा लिइन्छ । वर्षाैंदेखि धार्मिक एवम् प्राकृतिक दृष्यावलोकनका लागि डडेल्धुराकै सबैभन्दा अग्लो डाँडामध्येको एक कस्या टाकुरोलाई मानिन्छ ।

अमरगढी नगरपालिका-७ पोखरा बजारमाथि कस्या टाकुरो छ । यसको उचाई समुद्र सतहदेखि १९ सय २५ मिटर रहेको अड्कल गरिएको छ । डडेल्धुरा-बैतडी जोड्ने महाकाली राजमार्गको सुर्कालदेखि १५ मिनेट पैदल उकालो चढ्दा कस्या टाकुरोमा पुगिन्छ । कस्या टाकुरोलाई पर्यटन प्रवर्द्धनको माध्यम तुल्याउन थालिएसँगै सदरमुकामनजिकै रहेकाले जिल्ला सदरमुकामबाट सूर्याेदय र सुर्यास्तको दृष्यावलोकन गर्नका लागि देशका विभिन्न स्थानबाट आन्तरिक पर्यटक आउने गरेको र भारतबाट समेत अवलोकन गर्न पर्यटक आउने गरेको अमरगढी नगरपालिका-७ का वडाअध्यक्ष खडक बोहराले बताए ।

अहिले डाँडाको टुप्पोमा रेलिङ लगाउने र टावरको पर्खाल लगाउने काम सम्पन्न भइसकेको छ । सडक छेउमा गेट बनाउने र सिँढी बनाउने काम गर्न लागिएको उनले बताए । साथै पर्यटकको मनोरन्जनका लागि चर्खा, पिङ, झुला, ढिकी, बिश्राम घर निर्माण हुन बाँकी रहेको उनको भनाइ छ ।

कस्या टाकुरोबाट डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिका क्षेत्र, नवदुर्गा, गन्यापधुरा, अजयमेरु गाउँपालिकाको अधिकांश भू-भागको दृष्यावलोकन गर्न सकिन्छ भने महाभारत पर्वत श्रृङ्खलालगायत डोटी, अछाम, बैतडी र भारतको उत्तराखण्डको दृष्यावलोकन गर्न सकिन्छ ।

बिहान सुर्याेदय र बेलुकी सूर्यास्तको दृष्य मनमोहक हुने भएकाले पछिल्ला दिनहरूमा अवलोकनकर्ताको संख्यामा वृद्धि हुँदै गएको छ । पर्यटनको हिसाबले कस्याको टाकुरी एकदमै उत्तम रहेको छ, सजिलै सूर्योदय हेर्न सकिन्छ । कस्या टाकुरीबाट सुर्योदय भएको दृश्यका साथै अन्य रमणीय स्थानहरूको अवलोकन गर्न सकिने भएकोले डडेल्धुराको पर्यटन प्रवद्र्धन विकासमा कस्या टाकुरीले ठूलो भूमिका खेल्ने स्थानीयहरूको भनाइ छ ।

कस्या टाकुरो पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकाले अमरगढी नगरपालिकाले चालु आर्थिक वर्षमा ७२ लाखको बोलपत्र आह्वान गरी भौतिक पुर्वाधार निर्माण कार्य शुरु गरिएको नगरप्रमुख विश्वेश्वर प्रसाद ओझाले बताए । कस्या टाकुरोलाई जिल्लाकै महत्वपुर्ण पर्यटकीय स्थलका रूपमा विकास गर्न अमरगढी नगरपालिकाले दीर्घकालीन योजना बनाएर वर्षेनी लगानी गर्ने उनले बताए ।

अमरगढी नगरपालिका-७ मा रहेको अग्लो डाँडामा परापूर्वकालमा राजा हरि शाहीको दरबार रहेको र हालको नवदुर्गा गाउँपालिका-४ बेलापुरको खुनी बस्ने केशे बिष्टले राजाका भारदारहरूसँग झगडा गर्दा राजा हरि शाहीका भारदारहरूले केसे विष्टको हत्या गरेको ठाउँ भएकोले यसलाई पछि कस्या टाकुरी नामाकरण गरिएको स्थानीय बताउँछन् ।


171
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

साहित्य सन्ध्याले राष्ट्रिय कविता महोत्सवलाई बहुभाषिक बनाउन नहुने भन्दै पूर्ववत् अवस्थामै राख्न माग गरेको छ । संस्थाले एक विज्ञप्ति जारी

चीनको विद्युतीय सवारी साधन (एनईभी)को बिक्री गत वर्षको मे महिनाको तुलनामा ६०.२ प्रतिशतले बढेर सात लाख १७ हजार पुगेको ‘चाइना

कालीगण्डकी करिडोर निर्माणका क्रममा स्याङ्जाको गल्याङ नगरपालिका-५ का पूर्ववडाध्यक्षको मृत्यु भएको छ । स्यालबास निवासी ५५ वर्षीय विष्णुबहादुर क्षेत्री ट्र्याक्टरमा

गायक प्रेमध्वज प्रधानको ८७औँ जन्मजयन्तीका अवसरमा नेपाली सुगम सङ्गीत क्षेत्रमा अमूल्य योगदान पुर्‍याउने स्रष्टाहरू सम्मानित तथा पुरस्कृत हुने भएका छन्