२ जेष्ठ २०७८, आईतवार

‘आहा ! रारा गोल्डकप फुटबल’को च्याम्पियन यसरी बन्यो सङ्कटा

  प्रकाशित मिति
२९ चैत्र २०७७, आईतवार ०२:५५



पोखरामा सञ्चालन भएको मोेफसलको प्रतिष्ठित ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता’मा पाहुना टोली अफ्रिकन रुट्स एशोसिएशनलाई पराजित गर्दै सङ्कटा क्लब च्याम्पियन बनेको छ ।

सहारा क्लब पोखराको आयोजनामा यही चैत २१ गतेदेखि पोखरा रङ्गशालामा सञ्चालन भएको १९औँ संस्करणको प्रतियोगितामा शनिबार भएको फाइनल खेलमा ‘ए’ डिभिजनको क्लब सङ्कटा टाइब्रेकरमा अफ्रिकन रुट्सलाई ४–२ गोल अन्तरले पराजित गरी पहिलो पटक आहा राराको उपाधि उचाल्न सफल भयो ।

आहा ! रारा गोल्डकपमा पाँच पटक सहभागिता जनाएको सङ्कटा यसअघि सेमिफाइनलभन्दा अघि बढ्न सकेको थिएन । पहिलोपटक फाइनलमा स्थान बनाएको सङ्कटाले पोखराको मैदानमा उपाधि जितेर नयाँ विजेता बन्दै इतिहास कायम गरेको छ ।

फाइनल खेलमा निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा दुवै टोलीबाट समान १–१ गोलको बराबरी भएपछि विजेताको निर्णय टाइब्रेकरबाट लिइएको थियो । पेनाल्टी सुट आउटमा सङ्कटाका अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत र आयुश घलानले गोल गर्न सफल भए । कप्तान सरोज दाहालको प्रहार विपक्षी टोलीका गोल किपर माङ्गाले रोके ।

अफ्रिकन रुट्सका तर्फबाट के यानिङ र र रिमको प्रहार मात्र गोलमा परिणत भएको थियो । कुइटीको प्रहार पोल बाहिर गएको थियो भने आर एमबाकोपको प्रहार सङ्कटाका किपर राजाबाबु थापाले गोल हुनबाट बचाउन सफल भएका थिए ।

खेलको शुरुआती ११औँ मिनेटमा पाहुना टोली अफ्रिकन रुट्सले अग्रता बनाएको थियो । विपक्षी टोलीका डिफेण्डरले डि बक्स नजिक रोक्न नसकेको बललाई अघि बढाउँदै अफ्रिकन रुट्सका बासिकले पेनाल्टी क्षेत्रबाट दोस्रो बार च्याप्दै प्रहार गरेको बलले सिधै जाली चुमेको थियो ।

खेलमा फर्किन निरन्तर सङ्घर्ष गरेको सङ्कटाले एक पछि अर्को प्रयास गरे पनि सफल हुन सकेन । खेलको ५१औँ मिनेटमा सङ्कटाले बराबरी गोल फर्कायो । सङ्कटाका विदेशी खेलाडी ग्लोरीले गोल गर्दै टोलीलाई खेलमा फर्काउन सफल भए ।

खेलको नियमित तथा थप गरिएको समय समेतमा दुवै टोलीले गोलका लागि सङ्घर्ष गरे पनि खेलमा थप गोल भएन र पेनाल्टी सुटआउटबाट विजेताको टुुङ्गो लगाइएको हो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै सङ्कटाका गोल किपर राजाबाबु थापाले अप्रिला स्कुटर पुरस्कार प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट गोलकिपर समेत घोषित हुँदै उनी नगद रु २५ हजार पुरस्कार र ट्रफी प्राप्त गर्न सफल भए ।

यसैगरी उत्कृष्ट मिडफिल्डर अफ्रिकन रुट्सका रिम, उत्कृष्ट फरवार्ड अफ्रिकन रुट्सका बासिक, डिफेण्डर सङ्कटा क्लबका निरज बस्नेत र प्रशिक्षक अफ्रिकन रुट्सका सरजी बोरिस घोषित हुँदै जनही रु २५ हजार नगद पुरस्कार प्राप्त गरे ।

विजेता र उपविजेता टोली तथा सर्वोत्कृष्ट र उत्कृष्ट खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पा, मुख्य प्रायोजक हिमश्री फुड्सका निर्देशक प्रकाश केसीलगायतले पुरस्कार वितरण गरेका थिए ।

pict:rss



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लोपटक लिएको पद तथा गोपनीयताको शपथबारे स्पष्ट गर्न र गैरसांसदलाई मन्त्री बनाउने काम बदर गर्न माग

कोरोना भाइरसको नयाँ भेरियन्टसहितको दोस्रो लहरका कारण महामारी पछिल्लो समय ज्यान गुमाउनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । भारतसँग

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ७३६८

भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ । कोरोना भाइरसको