२ जेष्ठ २०७८, आईतवार

‘केन्ट आरओ’को नयाँ वर्ष अफर

  प्रकाशित मिति
२७ चैत्र २०७७, शुक्रबार ०८:०४


ई.ओ.एल. प्रा.लि. नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सि.जी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले यसपालिको नयाँ वर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।

भारत र नेपालमा पानी शुद्धिकरणका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको केन्ट आर.ओ.ले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै ‘स्वछ पानी, सुन्दर जिन्दगानी साथमा थुप्रै उपहार पनि; यो नव वर्ष मनाऔँ केन्ट आर.ओ. सँग सहर्ष’ भन्ने नारासहित जारी गरेको यस अफरअन्तर्गत केन्टको कुनै पनि आर.ओ.मोडलको खरिदमा ‘लक्की ड्र’मा सामिल भइ हरेक महिना एउटा एल.जी.को कन्भेक्सन माइक्रोवेभ ओभन, एउटा एल.जी.को रेफ्रिजरेटर, एउटा एल.जी.कै एल.ई.डी. टि.भी. र तीन ओटा गोदरेज भाइरोशिल्डका साथसाथै अन्तिमको बम्पर लक्की ड्रमा होन्डा डियो डी.एल.एक्स. मोडल को स्कूटर जित्ने मौका ग्राहकले पाउने कम्पनीले जनाएको छ ।

चैत्र ८, २०७७ यता कुनै पनि केन्ट आर.ओ. खरिद गरेका सबै ग्राहकले मासिक भाग्यशाली ड्र र बम्पर लक्की ड्रमा भाग लिन सक्ने जानकारी दिँदै लक्की ड्रमा भाग लिनको लागि ‘केन्ट आर.ओ.(स्पेस) आफ्नो नाम (स्पेस) ठेगाना (स्पेस) खरिद गरेको मिति (स्पेस) उत्पादन मोडेल नाम (स्पेस) सीरियल नम्बर’ टाइप गर्नुहोस् र ३७००१ मा एस.एम.एस. पठाउनुहोस् । यो ग्राहक योजना चैत्र ८, २०७७ देखि सम्पूर्ण नेपालमा सिमित अवधिको लागि मात्र लागू गरिएको छ ।

आज सफा पिउने पानीे आवश्यकता बनेको छ । प्रत्येक वर्ष लाखौँ नेपाली पानीजन्य रोगहरूले संक्रमित हुन्छन् र हजारौँले आफ्नो ज्यान गुमाउँछन् । तपाईंले पिउने पानीमा उच्च टिडीएस, ब्याक्टेरिया, भाइरस, कीटनाशक र अन्य हानिकारक रसायनहरू समावेश हुन सक्छ । साथै, घरहरूमा आपूर्ति गरिएको पानी रस्ट र पुरानो पाइपलाइनहरू मार्फत आउने र अस्वस्थ ट्याङ्कीमा भण्डारण हुने गर्दछ । पिउनु भन्दा पहिले पानी शुद्ध छ भन्ने कुरा सुनिश्चित गर्न अत्यन्त महत्त्वपूर्ण छ । यसैले, केन्ट आर.ओ.बाट प्रशोधित भएको पानी हाम्रो परिवारको स्वस्थ जीवन र कल्याणको लागि महत्वपूर्ण आवश्यकता भएको छ ।

केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित छन् । केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू/डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि सर्वत्र उपलब्ध छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कोरोनाको दोस्रो लहरले जनजीवन प्रभावित भएको भए पनि धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकलाई कुनै असर गरेको छैन ।

पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर कोरोना सङ्क्रमतिको सङ्ख्यामा वृद्धि भएको भन्दै कालीमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ

कोरोनाको नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेको समयमा समेत धितोपत्र बजारमा शेयर कारोवार भने निरन्तर जारी छ । सोही क्रममा

यतिबेला काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा लागु गरिएको निषेधाज्ञाको समयमा नेपाल टेलिकमका मोबाइल सेवा प्रयोग गर्ने ग्राहकका लागि कम्पनीले विभिन्न