२ जेष्ठ २०७८, आईतवार

बिएफआइएन साधारण शेयर बिक्री गर्ने

  प्रकाशित मिति
२७ चैत्र २०७७, शुक्रबार ०४:३९



साधारण शेयर बिक्री गर्ने क्रममा बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बिएफआइएन) पनि जोडिने भएको छ । सो संस्थाले अधिकतम ५५ हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ ।

यससम्बन्ध सम्झौतापत्रमा बिएफआइएनका तर्फबाट प्रबन्ध निर्देशक डा विनोद आत्रेय र एनआइसी एशिया क्यापिट लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् ।

बिएफआइएनले एनआइसी एशिया क्यापिट लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बिक्री प्रबन्धकको नियुक्तिसँगै शेयर बिक्री गर्ने घोषणा गरिएको हो ।

सो कम्पनीले रु १०० अङ्कित मूल्यमा ५५ हजार कित्ता साधारण शेयर बिक्री गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कोरोनाको दोस्रो लहरले जनजीवन प्रभावित भएको भए पनि धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकलाई कुनै असर गरेको छैन ।

पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर कोरोना सङ्क्रमतिको सङ्ख्यामा वृद्धि भएको भन्दै कालीमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ

कोरोनाको नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेको समयमा समेत धितोपत्र बजारमा शेयर कारोवार भने निरन्तर जारी छ । सोही क्रममा

यतिबेला काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा लागु गरिएको निषेधाज्ञाको समयमा नेपाल टेलिकमका मोबाइल सेवा प्रयोग गर्ने ग्राहकका लागि कम्पनीले विभिन्न