३ बैशाख २०७८, शुक्रबार

अन्डरवर्ल्ड माफिया डन टण्डन जेलमुक्त, प्रहरी प्रशासनलाई थपियो चुनौती !

  प्रकाशित मिति
२६ चैत्र २०७७, बिहीबार १०:५४


कुनै बेला अन्डरवर्ल्ड माफिया डन दाउद इब्राहिमका दाहिने हात रहेका शार्प सुटर माफिया डन अमर टण्डन जेलमुक्त भएका छन् ।

२०६४ फागुन १२ मा अज्ञातस्थलबाट पक्राउ परी विभिन्न कारागार हुँदै १३ वर्ष १ महिना जेल जीवन बिताएपछि उनी अदालतको आदेशमा केन्द्रीय कारागार, जगन्नाथदेवलबाट यही चैत्र ११ गते मुक्त भएका हुन् ।

कैयौँ दर्जन बारदातलाई अन्जाम दिएका डन टण्डन केवल ६ वटा केसको सजाय भुक्तान गर्दागर्दै कैद हद भएका कारण जेलमुक्त भएका हुन्, जसमाथि लागूऔषध, अपहरण तथा शरीर बन्धक, भागे-भगाएको र ज्यान मार्ने उद्योग आदि मुद्दा छन् ।

नक्कली भारु तथा लागु औषध कारोबारी युनुस अन्सारी गोलीकाण्डमा मुछिएका डन टण्डनको पूर्वमन्त्री मिर्जा दिलसाद वेग, स्पेसटाइम टीभी च्यानलका मालिक जमिम शाहको हत्याकाण्डमा पनि उच्च प्राथमिकताका साथ नाम जोडिएको छ ।

झट्ट हेर्दा दाउद इब्राहिम जस्तै देखिने डन टण्डन लामो समयसम्म दाउद, छोटा राजन, युपीका डन बब्लु श्रीवास्तव, बृजेश सिंह र मुख्तार अन्सारी जस्ता ग्याङ्गस्टारहरूसँग रही खतरनाक वारदातहरूलाई अन्जाम दिन्थे ।

file image

मुम्बई ब्लाष्टपछि अन्डरवर्ल्ड डन दाउदसँग अलग भई छोटा राजनसँग मिलेर अन्तर्राष्ट्रिय गिरोह चलाएका ग्याङ्गस्टार टण्डन विशेषगरी इस्लामिक आतंक र भारतविरोधि गतिविधि र तत्वहरूप्रति क्रूद्ध रहँदै आएका छन् ।

सुत्रका अनुसार डन टण्डनले नेपालमा हुने नक्कली भारु तथा लागूऔषध कारोबार र अवैध सुन तस्कर आदि गर्ने संदिग्ध व्यक्तिहरूलाई तार्गेट राख्ने गरेका छन्, जुन विगतका घटना क्रमहरूले पुष्टि गर्दछन् ।

त्यसैगरी, नेपाललाई प्लेग्राउण्ड बनाउने आईएसआईका एजेण्ट, कृत्रिम अभाव सृजना गरी कालाबजारी गर्ने मारवाडी, उच्च ओहोदाका भ्रष्ट कर्मचारी, तस्कर, दलाल र हाइड्रो टाइकुनहरू पनि उनको टार्गेटमा पर्ने गरेका छन् ।

बेला-बेलामा यस्ता अपराधीहरूका महाकाल बनेका टण्डन रिहाई भएलगत्तै उक्त संदिघ्न जगत फेरि त्रसित बन्न पुगेको छ र, नक्कली भारु तथा अवैध सुनका कारोबारीहरू असुरक्षित रहेको सुत्रको दाबी छ ।

डन टण्डनको रिहाईले जेलभित्र र बाहिरका नक्कली भारु कारोबारी लगायतका अपराधीहरू सुरक्षित होलान्, नहोलान्- त्यो भविष्यले बताउला, तर सरकार, प्रहरी, प्रशासन र सम्बन्धित पक्षलाई भने कडा चुनौती थपिएको सम्बद्ध सुत्र बताउँछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न

‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति’ भनी सामग्री सम्प्रेषण भएको भन्दै

सनत आचार्य कोरोना संक्रमणबाट कुवेतमा थप एक नेपालीको ज्यान गएको छ । स्याङ्जा जिल्ला स्थायी घर भइ विगत २० वर्षदेखि

नारद कोहार, कपिलवस्तु तान्त्रिक प्रयोजनको लागि महिलाको हत्या गरी शरीरका अंगहरु बेचबिखन गर्ने संगठित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।