३ बैशाख २०७८, शुक्रबार

माओवादी छोडेर एमाले बनेका चार मन्त्री अब सांसद् रहेनन्

  प्रकाशित मिति
२६ चैत्र २०७७, बिहीबार १०:१८



नेकपा (माओवादी केन्द्र)को कारवाहीमा परेका चार सांसदको पद रिक्त भएको सभामुख अग्निसापकोटाले जानकारी गराएका छन् ।

माओवादी केन्द्रले एमालेमा प्रवेश गरेका मन्त्रीहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई कारबाही गरेको निर्णय संघीय संसद सचिवालयमा बुझाइसकेको छ । राजनीतिक दलसम्बन्धी ऐनको आधारमा माओवादी केन्द्रले सचिवालयलाई जानकारी गराएको सूचनालाई बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुखले जानकारी गराएका हुन् ।

प्रतिनिधिसभा सदस्य नरहेमा पद रिक्त हुने व्यवस्था संविधानमा भएकोले यसरी सांसद पदबाट मुक्त भएपछि मन्त्री रहिरहन उनीहरुलाई प्रधानमन्त्रीले पुनः नियुक्ति गर्नुपर्ने हुन्छ । पुनः नियुक्ति गरिए पनि ६ महिनाभित्र संघीय संसद्को सदस्य हुनुपर्ने संवैधानिक प्रावधान छ ।

ज्ञातव्य छ, नेकपा विभाजनको बेला केपी ओलीलाई साथ दिएका उल्लिखित नेताहरुलाई प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको उपल्लो तहको जिम्मेवारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न

‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति’ भनी सामग्री सम्प्रेषण भएको भन्दै

हेमशंकर सिंह, सप्तरी नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले संसद अनिर्णयको बन्दी भएकाले सहमतिको सरकार र निर्वाचन नै वर्तमान

सनत आचार्य कोरोना संक्रमणबाट कुवेतमा थप एक नेपालीको ज्यान गएको छ । स्याङ्जा जिल्ला स्थायी घर भइ विगत २० वर्षदेखि