३ बैशाख २०७८, शुक्रबार

नेपाल पत्रकार महासंघ रौतहट शाखा अध्यक्षमा झा निर्वाचित

  प्रकाशित मिति
२६ चैत्र २०७७, बिहीबार ००:५८


  • आरके श्रीवास्तव, रौतहट

नेपाल पत्रकार महासंघ रौतहट शाखाको नेतृत्व प्रेमचन्द्र झाको काँधमा परेकोे छ । महासंघको रौतहट शाखामा बुधवार भएको मतदानलगत्तै मतगणना भएको थियो ।

मतगणनाको परिणामअनुसार शाखा अध्यक्षमा प्रेम चन्द्र झा, उपाध्यक्षमा रजनी ठाकुर, र प्रवीण शर्मा, सचिवमा मदन ठाकुर, कोषाध्यक्षमा धर्मेन्द्र साह, सहसचिवमा संजय सहनी, महिला सदस्यमा बिना राउत विजयी भएका छन् । निर्विरोध निर्वाचित भएका १५ जना पदाधिकारी सदस्यहरुको नामावली पहिले नै प्रकाशित गरिएको थियो ।

निर्विरोध निर्वाचित हुनेहरुमा सहसचिव खुलामा दिपेश पौडेल, सदस्य जनजातिमा प्रकाश श्रेष्ठ, सदस्य (अपांग)मा उमेश यादव, मधेसी सदस्यमा नन्दभूषण श्रीवास्तव, दलित सदस्यमा रामप्रवेश बैठा, खुला सदस्य राकेश यादव र रामपुकार राउत, राष्ट्रिय परिषद सदस्यहरुमा अशोक कुमार पहाडी, उत्तम कुमार उपाध्याय, रामएकवाल साह, विकाश अग्रवाल रहेका छन् ।

त्यस्तै, प्रदेश परिषद सदस्यहरुमा रत्न अधिकारी, राजेन्द्र कुमार क्षेत्री, विवेक अधिकारी, गोपाल आचार्य रहेको नेपाल पत्रकार महासंघ निर्वाचन कार्यालय रौतहट शाखाका निर्वाचन अधिकृत विनय कुमार लाल दासले बताएका छन् । अध्यक्ष पदमा रवीन्द्र साह, प्रेमचन्द्र झा, गौतम श्रेष्ठ, संजय कार्कीबीच तीव्र प्रतिष्पर्धा रहेको थियो, जसमा झाले बाजी मारेका हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कूल सङ्क्रमित सङ्ख्या २,८२,८९० देशभर शुक्रबार थप ९०० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार

कोभिड-१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गरी राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले विद्यालयमा भौतिक उपस्थितिको सट्टा भर्चुअल माध्यमबाट पठनपाठन गराउने

जापान प्रतिनिधिबाट जापानको टोकियोस्थित शिन्जुकु वडामा बिहीबार एक कन्डमिनियम भवनको पार्किङ क्षेत्रमा फसेर चार जनाको मृत्यु भएको छ । केही

हेमशंकर सिंह, सप्तरी नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले संसद अनिर्णयको बन्दी भएकाले सहमतिको सरकार र निर्वाचन नै वर्तमान