३ बैशाख २०७८, शुक्रबार

नेपालमा पनि ‘बेलायती भेरियण्ट’ कोरोनाको प्रवेश !

  प्रकाशित मिति
२५ चैत्र २०७७, बुधबार १६:२४



रात्रिकालीन व्यवसाय तथा रेष्टुरेण्टहरूमा राति ९ बजेपछि कडाइ, सङ्क्रमण बढेका शहरहरूमा आवागमन बन्द हुन सक्ने

  • सनत आचार्य

नेपालमा बुधबार थप ३ सय ३९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ४ हजार १ सय पीसीआर तथा १ हजार ४० जनाको एन्टीजेन परीक्षण गरिएकोमा पीसीआरबाट २९८ जना र एन्टीजेन परीक्षणबाट ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७८ हजार ७६८ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या ३ हजार ३८ पुगेको छ ।

नेपालमा गत एक साता (अप्रैल १–७ सम्म) मा १ हजार ४५९ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै, यो एक सातामा ८ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा अझै सङ्ख्या २ हजार २०१ सक्रिय सङ्क्रमितहरू रहेका छन् भने पछिल्लो २४ घण्टामा ७४ जना निको भएका छन् ।

यसैबीच बुधबार नेपालमा पनि कोरोनाको बेलायती भेरियन्ट फैलने क्रम बढेको भन्दै सरकारले जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयमा बसेको बैठकले मापदण्डमा कडाइ गर्न आवश्यक रहेको बताएको छ ।

काठमाडौं र पोखरालगायतका ठूला सहरमा रहेका विद्यालयमा सङ्क्रमण वृद्धि भएकाले उच्च सतर्कता अपनाउन मन्त्रालयले निर्देशन दिएको छ । सार्वजनिक यातायातमा भीडभाड कम गर्न, सपिङ मल, नाचघर, सिनेमा घर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल, मन्दिर लगायतका क्षेत्रमा जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

विदेशबाट फर्किएपछि घरमै क्वारेन्टाइनमा रहेकोहरूको अनुगमन गर्न स्थानीय प्रशासन र निकायहरूलाई समेत निर्देशन दिइएको छ । कन्ट्याक्ट ट्रेसिङ, एन्टीजेन र पीसीआर परीक्षणको दायरा बढाउन स्वास्थ्य कार्यालयलाई भनिएको छ ।

सार्वजनिक स्थानमा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गर्दै मन्त्रालयले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरू राति ९ बजेपछि कडाइका साथ बन्द गराउन मन्त्रालयले निर्देशन दिएको छ । ठूला शहरमा ५०० र साना सहरमा १०० भन्दा बढी सक्रिय सङ्क्रमित भए आवागमनमा कडाइ गराउन पनि मन्त्रालयले भनेको छ ।

आसन्न तीन दिवसीय क्रिकेट म्याच आयोजनाको स्वीकृति तथा सञ्चालनको सन्दर्भमा विदेशबाट आउने टोली वा भ्रमण दलको सदस्य सङ्ख्या वा क्वारेन्टाइन अवधि निर्धारण गर्न पनि भनिएको छ । कोभिडको बढ्दो चुनौतीलाई मध्यनजर गरेर यस्ता कार्यक्रमलाई कडाइ गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

संक्रमणको बढी जोखिम हुने स्थानमा आलोपालो रूपमा एन्टीजेन परीक्षण बढाउन स्थानीय तहलाई मन्त्रालयले निर्देशनसमेत दिएको छ ।

छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढेसँगै नेपालमा पछिल्ला दिनमा कोरोना सङ्क्रमण दर बढेको देखिएको छ । खुल्ला सिमानामा सरल आवतजावतका कारण र, सङ्क्रमितहरूले सरकारले तोकेको सुरक्षा मापदण्ड नअपनाउँदा सङ्क्रमण दरमा वृद्धि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल अधिकृत डा. दिपाङ्करराज पाठक बताउँछन् ।

डा. पाठकले नेपालमा कोरोना संक्रमण दर बढ्दो देखिएकोले नागरिक स्तरबाट पनि आफू कसरी सुरक्षित रहन सकिन्छ भन्ने बारे सोच्न आवश्यक रहेको बताए ।

त्यस्तै, लुम्बिनी मेडिकल कलेजका मेडिकल अधिकृत डा. सर्वेशराज शर्मा पनि नेपालमा नयाँ खाले कोरोना भाइरस देखा पर्न थालेपछि सरकारी संयन्त्र र आमनागरिक सचेत हुनु पर्ने बताउँछन् । अब पनि सबै सचेत नभए पहिलेको भन्दा भयावह रूप नेपालमा देखिन सक्ने डा. शर्माको अनुमान छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न

‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति’ भनी सामग्री सम्प्रेषण भएको भन्दै

सनत आचार्य कोरोना संक्रमणबाट कुवेतमा थप एक नेपालीको ज्यान गएको छ । स्याङ्जा जिल्ला स्थायी घर भइ विगत २० वर्षदेखि

नारद कोहार, कपिलवस्तु तान्त्रिक प्रयोजनको लागि महिलाको हत्या गरी शरीरका अंगहरु बेचबिखन गर्ने संगठित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।