३ बैशाख २०७८, शुक्रबार

भविष्यमा पार्टी हाँक्न सक्ने नेता गुमेको सभापति देउवाको भनाइ

  प्रकाशित मिति
२५ चैत्र २०७७, बुधबार १०:१४



नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमाएको बताउनुभएको छ ।

स्वर्गीय जोशीको १३औँ पुण्यतिथिका अवसरमा कांग्रेस केन्द्रीय समितिले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको शोकसभामा बोल्दै सभापति देउवाले स्व. जोशी भविष्यमा पार्टी हाँक्न सक्ने नेता भएको बताउनुभयो ।

“छोटो समयमा धेरै काम गर्नसक्ने अध्ययनशील नेता जोशी हुनुहुन्थ्यो, केही समय मन्त्री हुँदा पनि देश र जनताको पक्षमा काम गरेर जोशीले आफ्नो र पार्टीको नाम उच्च राख्नुभएको थियो,” उहाँले भन्नुभयो । मन्तव्यका क्रममा सभापति देउवाले कांग्रेस चुनाव हार्दैमा सङ्कटमा नपरेको जिकिर गर्नुभयो ।

सोही अवसरमा कांग्रेस ललितपुरका सभापति मदन अमात्यले जोशीको निधनले सिङ्गो उपत्यकावासी शोकमा डुबेको बताउनुभयो भने परिवारको तर्फबाट बोल्दै स्वर्गीय जोशीका दाजु एवं कांग्रेस नेता राजुराज जोशीले आफूहरु दाजुभाइ भए पनि साथीभाइ जस्तो भएर काम गरेको उल्लेख गर्नुभयो ।

जोशीको निधनमा आज देशभरका ७७ वटै जिल्लामा शोकसभा भइरहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

pict;rss



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कूल सङ्क्रमित सङ्ख्या २,८२,८९० देशभर शुक्रबार थप ९०० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार

कोभिड-१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गरी राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले विद्यालयमा भौतिक उपस्थितिको सट्टा भर्चुअल माध्यमबाट पठनपाठन गराउने

जापान प्रतिनिधिबाट जापानको टोकियोस्थित शिन्जुकु वडामा बिहीबार एक कन्डमिनियम भवनको पार्किङ क्षेत्रमा फसेर चार जनाको मृत्यु भएको छ । केही

हेमशंकर सिंह, सप्तरी नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले संसद अनिर्णयको बन्दी भएकाले सहमतिको सरकार र निर्वाचन नै वर्तमान