३ बैशाख २०७८, शुक्रबार

पाँच घण्टासम्म घेराबन्दीमा देउवा

  प्रकाशित मिति
२५ चैत्र २०७७, बुधबार ०५:१६



प्रचण्डलाई खुशी पार्न पौडेल र सिटौलाको सक्रियता


माओवादी अध्यक्ष प्रचण्डले अनुनय-विनय गरेपछि काङ्ग्रेस सभापति शेरबहादुर देउवा तनहुँका रामचन्द्र पौडेल, झापाका कृष्ण सिटौला र सोलुखुम्बुका गगन थापाको मन राखिदिन बाध्य भएका छन् । एक महिनाअघिसम्म काङ्ग्रेस सत्तामा जानु हुँदैन भन्दै चर्का अभिव्यक्ति दिने पौडेल, सिटौला र थापा ‘प्रचण्डको दुःख बुझेपछि’ देउवालाई प्रधानमन्त्री बनाउन राजी भएका हुन् र, उनीहरू केही समययता सरकारको नेतृत्व लिन देउवामाथि अनेक ढङ्गले दबाब पैदा गर्दै छन् ।

चैत्र २० गते शनिबार काङ्ग्रेस केन्द्रीय कार्य समितिको बैठकका क्रममा पनि देउवामाथि अनौठो घेराबन्दी भयो । अपरान्ह दुई बजे बोलाइएको बैठकमा सबै सहभागीहरू समयमै पुगेका थिए, तर रामचन्द्र पौडेल र कृष्ण सिटौलाले देउवासँग छुट्टै र गुप्त बैठक गर्न चाहे । कुराकानी छोटो समयमै टुङ्गिने विश्वासमा देउवा ‘एकैछिन’ भन्दै बैठकका सहभागीहरूलाई कुराएर पौडेल र सिटौलासँग कुराकानी गर्नेतिर लागे । पौडेल र सिटौलाको चिन्ता प्रचण्डसँग सहकार्य गर्न ढिला भएको र, केपी ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन पहल नभएकोमा थियो ।

गुप्त संवादका क्रममा पौडेल र सिटौलाले देउवालाई प्रधानमन्त्री बनिदिन आग्रह गर्दै केपीको राजीनामा माग्ने र अविश्वासको प्रस्तावका निम्ति पहल गर्ने निर्णय कार्यसमितिको बैठकबाट हुनुपर्ने जिद्दी गरिरहे । पाँच घण्टा लामो समय बितिसक्दा पनि घेराबन्दी कायम राखिदिएपछि उनीहरूबाट उम्कनका निम्ति देउवाले ‘हुन्छ’ भनिदिए । कार्य समितिको बैठकमा देउवा फर्कनुअघि नै विभिन्न सञ्चारमाध्यममा काङ्ग्रेस कार्यसमितिको निर्णय भन्दै ‘प्रधानमन्त्रीको राजीनामा माग्ने र अविश्वास प्रस्तावको पहल गर्ने’ सन्देश समाचारका रूपमा सार्वजनिक भइसकेको थियो ।

बैठककक्षमा पुगेर देउवाले तीन जनाबीच भएको कुरा सुनाए । गगन थापाले उक्त कुराकानीको समर्थनमा प्रशन्नता व्यक्त गर्दै स्वागत गरे । कार्यसमितिको बैठकमा सहभागी हुन पुगेका नेताहरूले भने आफूहरूलाई ‘ह्युमिलियट’ गरेको र पार्टी पद्धतिको उपेक्षा गरेको ठाने । गगनले खुशी प्रकट गर्नेबित्तिकै सभापति देउवाले बैठक सकिएको घोषणा गरिदिए । युवा नेता शङ्कर भण्डारी जङ्गिए, ‘यस प्रकारले निर्णय लिने प्रक्रिया गलत छ र, निर्णय पनि गलत छ’ भन्दै शङ्करले गम्भीर आपत्ति जनाएपछि उनलाई आफ्नो कुरा राख्न दिनुपर्ने राय महामन्त्री पूर्ण बहादुर खड्काले दिए । महामन्त्रीको आग्रहपछि नेता भण्डारीलाई आफ्ना कुरा राख्ने अवसर दिइयो ।

भण्डारीले काङ्ग्रेस अहिले सत्ताको खेलमा लाग्न आवश्यक नभएको तर्क गर्दै अविश्वासको प्रस्ताव प्रस्तुत गर्ने गणितीय अवस्था नरहेको स्थिति स्पष्ट गरे । उनको भनाइ थियो– ‘हामीले देश, प्रजातन्त्र र काङ्ग्रेसको चिन्ता गर्नुप¥यो, माओवादी नेताहरूको होइन । फेरि पनि माओवादीलाई बोकेर हिँड्ने हो भने हामी सबै बर्बाद हुन्छौँ, तीन जना नेताबीच भएको तर कार्यसमिति बैठकको निर्णयका रूपमा प्रचार गरिएको विषयप्रति मेरो पूर्ण असहमति छ, म यस्तो निर्णय मान्दिनँ ।’

शङ्कर भण्डारीको भनाइपछि २७ गतेसम्मका निम्ति बैठक स्थागित गरिएको छ । २७ गतेको बैठकमा शङ्करसहित अन्य नेताहरूले तीन जनाबीच भएको कुरा र त्यसैलाई पार्टी निर्णयका रूपमा प्रचार भएको सन्दर्भलाई लिएर तीव्र आलोचनात्मक दृष्टिकोण राख्ने बुझिएको छ ।

ज्ञातव्य छ, कृष्णप्रसाद सिटौला २०६२ सालदेखि माओवादीको हितैषी भूमिका निर्वाह गर्दैछन् भने केही वर्षदेखि रामचन्द्र पौडेल पनि प्रचण्डमैत्री क्रियाकलापमा संलग्न हुँदै आएका छन् । गत संसदीय निर्वाचन (२०७४) मा पनि पौडेल र प्रचण्डबीच गुप्त गठबन्धन कायम हुन पुगेको थियो ।

चितवनमा प्रचण्डविरुद्ध उम्मेदवार बनेका विक्रम पाण्डेलाई मतदान गर्ने काङ्ग्रेसको आधिकारिक निर्णय थियो । तर, चितवनमा पौडेलले प्रचण्डलाई तथा तनहुँमा प्रचण्डले पौडेललाई सहयोग गर्ने गुप्त सहमति भएको थियो । काङ्ग्रेसभित्र चितवनमा पौडेल निकट भनी चिनिएका सबैले प्रचण्डका पक्षमा गतिविधि गरे, तर तनहुँमा भने पौडेललाई माओवादी पक्षको दुई सयभन्दा बढी मत नपरेको बताइन्छ । प्रचण्डले राष्ट्रपति बनाइदिने वचन दिएपछि पछिल्ला दिनहरूमा रामचन्द्रले प्रचण्डको झोला मात्र बोक्न बाँकी राखेका छन् । इसाइहरू प्रचण्ड-बाबुराम निकट रहेकोले पनि गगन, सिटौला र रामचन्द्र प्रचण्डको सहयोगी भूमिकामा देखापरेको बताइन्छ । गगन थापाले पोखरा लगायत देशको विभिन्न भागमा लुकीलुकी चर्चको उद्घाटन गर्ने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न

‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति’ भनी सामग्री सम्प्रेषण भएको भन्दै

हेमशंकर सिंह, सप्तरी नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले संसद अनिर्णयको बन्दी भएकाले सहमतिको सरकार र निर्वाचन नै वर्तमान

सनत आचार्य कोरोना संक्रमणबाट कुवेतमा थप एक नेपालीको ज्यान गएको छ । स्याङ्जा जिल्ला स्थायी घर भइ विगत २० वर्षदेखि