तेश्रो मेयर कप ब्याडमिन्टन आगामी साता
प्रकाशित मिति
२३ चैत्र २०७७, सोमबार ०८:०४
झुम्का ब्याडमिन्टन क्लबको आयोजनामा प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यहि चैत्र २७ र २८ गते दुई दिन सुनसरीमा आयोजना हुने छ । प्रदेश १ ले एक महिनाअघि भोजपुरमा पहिलो मेयर कप व्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको थियो ।
रामधुनी नगरपालिका, झुम्का, सुनसरीमा आयोजना हुने प्रतियोगितामा पुरुष युगल खुल्ला, यु–१७ गर्ल्स एकल, खुल्ला गर्ल्स एकल, भेट्रान्स ४५ माथि, र आन्तरिक खेलाडीगरि ५ विधामा प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा करिव दुई सय खेलाडीहरुले सहभागिता जनाउने आयोजक समितिले जनाएको छ ।
प्रतियोगितामा पुरुष युगल तर्फका शीर्ष तीन स्थान हासिल गर्नेले क्रमसःनगद ३० हजार, २० हजार र १० हजार सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् ।
त्यस्तै यु–१७ र खुल्ला गल्र्स एकल तर्फका शीर्ष तीनले १० हजार, ७ हजार र ३ हजार, भेट्रान्सतर्फका शिर्ष तीनले १५ हजार, १० हजार र ७ हजार तथा आन्तरिक विचका शिर्ष तीनले १५ हजार, १० हजार र ५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक पुष्प दाहालले जानकारी गराएका छन् ।
प्रतियोगिताको कुल बजेट १२ लाख रुपैयाँ रहेको छ ।