३ बैशाख २०७८, शुक्रबार

राष्ट्रिय भलिबलमा एपिएफ र हेल्प नेपाल शीर्ष स्थानमा

  प्रकाशित मिति
२३ चैत्र २०७७, सोमबार ०७:५६



सशस्त्र प्रहरी बलको एपिएफ क्लब र टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब पाँचौ आरबिबि एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपमा पुरुष तर्फ शिर्ष स्थानमा रहन सफल भएका छन् ।

एपिएफ र हेल्प नेपालले ३ खेलमा ३ खेल जित्दै ९ अंकका साथ संयुक्तरुपमा शिर्ष स्थानमा रहन सफल भएका हुन् । ७ क्लबको सहभागिता रहेको च्याम्पियनसिपमा सेनाको त्रिभुवन आर्मी र पुलिसको एनपिसी ३ खेलमा ६ अंक तथा बुलबुले रारा क्लब ४ खेलमा ६ अंक प्राप्त गरेका छन् । नयाँबजार समाज युवा क्लब ३ खेलमा र मणिमुकुन्द क्लब ४ खेलमा शुन्य अंकका साथ पुछारमा रहेका छन् ।

राष्ट्रिय बाणिज्य बैंकको प्रायोजन तथा नेपाल भलिबल संघको आयोजनमा भएको प्रतियोगितामा महिला तर्फ सेनाको त्रिभुवन आर्मी क्लब र पुलिसको एनपिसी ३ खेलमा तीनै खेल जित्दै समान ८÷८ अंकका साथ शिर्ष स्थानमा रहेका छन् ।

आर्मीले ह्वाङ्गजी न्यू डायमण्ड संग र पुलिसले एपिएफ संग ५ सेट खेल्दै जित हात पारेका कारण अंक बाँट्न बाध्य भएका थिए । यस्तै न्यू डायमण्डको ३ खेलबाट ७ अंक रहेको छ भने एपिएफको २ खेलबाट ४ अंक भएको छ । भरतपुर मेट्रोको ३ खेल र ढोरपाटन स्पोर्टस् क्लब ४ खेलमा ० अंकमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाली बक्सर सुमिना खड्का आइबा युथ पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा पराजित भएकी छन् । पोल्यान्डको किल्सीमा भइरहेको प्रतियोगिताको

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख कुलबहादुर थापा र ओलम्पियन तेक्वान्दोकी संगीना वैद्य नेपाल सरकारले प्रदान

आरडब्लु समर स्ल्याममा नुवाकोट टाइगर च्याम्पियन बनेका छन् । हेभी वेटमा टाइगरले चट्टानलाई पराजित गर्दै २० हजार नगद पुरस्कार जिते

वैशाख ४ गते प्रतियोगिताको उदघाटन प्रधानमन्त्रीले गर्ने राजन घिमिरे नयाँ वर्ष २०७८ को अवसर पारेर राजधानीको भृकुटीमण्डपमा आगामी वैशाख ४