३ बैशाख २०७८, शुक्रबार

विश्व च्याम्पियन कार्कीको स्मृतिमा पावर लिफ्टिङ हुने

  प्रकाशित मिति
२३ चैत्र २०७७, सोमबार ०६:१८



नेपाल पावर लिफ्टिङ संघले दुई पटकका पावर लिफ्टिङको मास्टर्सतर्फका विश्व च्याम्पियन रुप कार्कीको स्मृतिमा प्रतियोगिता आयोजना गर्ने भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा रुप कार्की स्मृति प्रथम नेपाल्स स्ट्रोङगेष्ट पावर लिफ्टिङ प्रतियोगिता चैत २७ र २८ आयोजना गरिने आयोजक कमिटीका संयोजक तथा संघका अध्यक्ष सुन्दर भुसालले जानकारी दिए ।

प्रतियोगितामा करिव १ सय ५० खेलाडीको सहभागिता रहने आयोजक कमिटीका सचिव सुरेश सुवेदीले जानकारी दिए । पुरुषतर्फ ६, महिलामा २ र पुरुष मास्टर्समा २ गरी जम्मा १० स्पर्धामा प्रतिस्पर्धा हुने जजेज कमिटीका संयोजक बुद्धि कार्कीले अवगत गराए ।

हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

पुरुष र महिलाका प्रत्येक स्पर्धामा पहिलो हुने खेलाडीबीच पुनः प्रतिस्पर्धा गराइ ओभरअल विजेताको पनि चयन गरिने छ । त्यसको विजेताले छुट्टै जनही ५१ हजार नगद पुरस्कार हात पार्ने छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिव १२ लाख खर्च हुने आयोजकले जनाएको छ । अमेरिकामा बस्दै आएका स्व. कार्कीको नेपालमै रहेका बेला केही महिनाअघि हृदयघातका कारण निधन भएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कूल सङ्क्रमित सङ्ख्या २,८२,८९० देशभर शुक्रबार थप ९०० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार

कोभिड-१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गरी राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले विद्यालयमा भौतिक उपस्थितिको सट्टा भर्चुअल माध्यमबाट पठनपाठन गराउने

जापान प्रतिनिधिबाट जापानको टोकियोस्थित शिन्जुकु वडामा बिहीबार एक कन्डमिनियम भवनको पार्किङ क्षेत्रमा फसेर चार जनाको मृत्यु भएको छ । केही

हेमशंकर सिंह, सप्तरी नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले संसद अनिर्णयको बन्दी भएकाले सहमतिको सरकार र निर्वाचन नै वर्तमान