३ बैशाख २०७८, शुक्रबार

नेकोसको केन्द्रीय कमिटी विस्तार

  प्रकाशित मिति
२३ चैत्र २०७७, सोमबार ०६:१३



नेपाल खेलकुद महासंघ (नेकोस) ले केन्द्रीय कमिटी विस्तार गरेको छ । चैत २१ गते भएको केन्द्रीय कमिटीको निर्णय सावर्जनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सो बारे जानकारी गराइएको हो ।

नेपाल खेलकुद महासंघका अध्यक्ष पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले ३ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव र ७ सचिव थप गरिएको जानकारी गराए ।

उपाध्यक्षमा सर्लाहीका रेवती पन्त, काठमाडौंका उपेन्द्र पौडेल र ललितपुरका वीरेन्द्र श्रेष्ठ, महासचिवमा काभ्रेका धर्मकुमार श्रेष्ठ, उप–महासचिवमा सिन्धुपाल्चोकका बद्री अधिकारी र मोरङका रविन नगरकोटी तथा सचिवमा डडेल्धुराकी सकुन्तला नगरकोटी, ललितपुरका स्वयम्भूराज डंगोल, काठमाडौंका ईश्वर विडारी, खोटाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष अर्जुनभक्त राई, धनुषाका प्रदीप यादव, दोलखाका रमेश सिवाकोटी र दैलेखका मोहन शाही रहेका छन् । त्यस्तै १ सय ३ सदस्य पनि चयन गरिएको छ ।

बैठकले प्रदेशहरुको नेतृत्व र कार्यविभाजन गर्दै सातै प्रदेश र उपत्यकामा इन्चार्ज, सह इन्चार्ज, अध्यक्ष र सचिव पनि तोकेको छ । प्रदेश १ मा राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव केशवकुमार विष्ट, प्रदेश २ मा महमद समिउल्लाह, बागमती प्रदेशमा ब्रदी अधिकारी, उपत्यकामा उपेन्द्र पौडेल, गण्डकी प्रदेशमा प्रेम गुरुङ, लुम्बिनी प्रदेशमा विनोद मैनाली, कर्णाली प्रदेशमा मोहन शाही र सुदूरपश्चिम प्रदेशमा हिक्मत थापालाई इन्चार्जको जिम्मेवारी दिइएको नेकोसका प्रचार विभाग प्रमुख स्वयम्भूराज डंगोलले जानकारी दिए ।

बैठकले महासंघको विधान संशोधनलगायत विभिन्न निर्णय पनि गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाली बक्सर सुमिना खड्का आइबा युथ पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा पराजित भएकी छन् । पोल्यान्डको किल्सीमा भइरहेको प्रतियोगिताको

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख कुलबहादुर थापा र ओलम्पियन तेक्वान्दोकी संगीना वैद्य नेपाल सरकारले प्रदान

आरडब्लु समर स्ल्याममा नुवाकोट टाइगर च्याम्पियन बनेका छन् । हेभी वेटमा टाइगरले चट्टानलाई पराजित गर्दै २० हजार नगद पुरस्कार जिते

वैशाख ४ गते प्रतियोगिताको उदघाटन प्रधानमन्त्रीले गर्ने राजन घिमिरे नयाँ वर्ष २०७८ को अवसर पारेर राजधानीको भृकुटीमण्डपमा आगामी वैशाख ४