रुपा र रजनी छानिए ‘मिस एण्ड मिसेज डिश्याविलिटी क्वीन’

रुपा र रजनी छानिए ‘मिस एण्ड मिसेज डिश्याविलिटी क्वीन’


रुपा पहाडी र रजनी राईले ‘मिस एण्ड मिसेज डिस्याबिलिटी क्वीन २०२१’को शीर्ष उपाधि जितेका छन् । रुपाले मिसेस र रजनीले मिस तर्फको शीर्ष उपाधि हात पारेका हुन् ।

सानेपास्थित हेरिटेज गार्डेनमा शनिबार सम्पन्न प्रतियोगितामा डीना खत्री फष्ट रनरअप र सरिता कोइराला सेकेन्ड रनरअप चुनिए । विजेता ४ जानाले क्रमस १५, १५, १० र ५ हजार नगद सहित विभिन्न उपहारसमेत हात पारे ।

अपाङ्गता भएका ब्यक्तिहरूको क्षमता र उनीहरूमा लुकेर रहेको प्रतिभा निखार्ने र समाजमा उनीहरूलाई फरक चिनारी बनाउन सहयोग पुर्‍याउने उद्देश्यले यस्तो प्रतियोगिता नेपालमै पहिलो पटक आयोजना भएको हो ।

ग्रिन आर्ट मिडिया प्रालिले सांस्कृतिक समाज नेपालको सहकार्यमा आयोजना रहेको प्रतियोगितामा बेष्ट स्माइल रुपा पहाडी, बेष्ट डिसिप्लेन मीरा तामाङ, मष्ट ट्यालेन्टेड संगीता मागी, मोस्ट फोटोजेनिक टीना महर्जन, मस्ट अमाजिनो मीना शर्मा, बेष्ट फर्सनालिटी निर्मला भण्डारी, मस्ट हम्बल अनु राई, मष्ट फ्रेन्ड्ली सरिता कोइराला, मस्ट ग्ल्यामर गंगा छन्त्याल, मष्ट कन्फिडेन्ट तुलसा थापा मगर, बेष्ट स्क्रिन रजनी राई र मष्ट ब्युटिफुलको उपाधि अस्मी दुलालले हात पारे ।

पुर्व मिसनेपाल इभाना मानन्धर, ब्यवसायी सीमा जोशी, प्रेरणा मरासैनी प्रधान, किशोरभक्त श्रेष्ठ, सांस्कृतिक समाज नेपाल (सि.एम.पि.डि नेपाल)का सभापति सरिता थुलुङ्लगायत निर्णायक रहेको प्रतियोगितामा रवीन्द्र प्रताप शाह मुख्य अतिथि रहेका थिए । प्रतियोगिताको कोरियोग्राफी अनिला श्रेष्ठले गरेकी थिइन् ।

एलिना शाक्य तुलाधर कोअडिनेटर, परि श्रेष्ठ बोड मेम्बर रहेको प्रतियोगिताबाट उठेको रकम ५० हजार सांस्कृतिक समाज नेपाल (सि.एम.पि.डि नेपाल)लाई सहयोगको रुपमा प्रदान गरिएको थियो ।

ग्रिन आर्ट मिडियाका सिइयो प्रवीन लाकौलले आपाङ्गता भएको ब्यक्तिलाई पनि समाजमा अगाडि ल्याउनुपर्छ भनेर प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगिता नेपालकै लागि ऐतिहासिक भएको दाबी उनको छ ।