३ बैशाख २०७८, शुक्रबार

साढे दुई करोडको पहुँचमा इन्टरनेट

  प्रकाशित मिति
२० चैत्र २०७७, शुक्रबार १०:३३



नेपालमा साढे दुई करोड जनसङ्ख्यामा इन्टरनेटको पहुँच पुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो सात महिना (साउन-माघ)को तथ्याङ्कअनुसार नेपालमा दुई करोड ५४ लाख १९ हजार बढी जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको हो ।

गत पुस महिनाको तुलनामा माघ महिनामा छ लाख ८३ हजार बढी इन्टरनेट प्रयोगकर्ता थपिएका छन् । गत पुस महिनासम्म कूल दुई करोड ४७ लाख ३५ हजार ६५० जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको छ । कूल जनसङ्ख्याको ८४ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा पुगेको तथ्याङ्कमा उल्लेख छ । प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण (२०११–२०३०)लाई आधार मानेर उक्त प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । माघसम्म मोबाइल इन्टरनेटको हिस्सा ६१ दशमलव ४७ प्रतिशत छ । एक करोड १३ लाख बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको र यसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ८६ लाख ६० हजार र एनसेलको २४ लाख ९१ हजार रहेको छ । त्यस्तै फोरजी प्रयोगकर्ता ७० लाख ९२ हजार र इभिडियो प्रयोगकर्ता एक लाख ३६ हजार ५७३ छन् ।

फोरजी प्रयोगकर्तामध्ये सबैभन्दा धेरै एनसेलका छन् । माघ मसान्तसम्म एनसेलका फोरजी प्रयोगकर्ता ४३ लाख २५ हजार ९३६ रहेका छन् । नेपाल टेलिकमका फोरजी प्रयोगकर्ता २५ लाख ४४ हजार ७२४ र स्मार्ट टेलिकमका दुई लाख २२ हजार छन् । फिक्स ब्रोडब्याण्डको हिस्सा २१ दशमलव ८५ प्रतिशत छ । यसमा एडिएसएलका आठ लाख ३७ हजार र एफटिटीएच इन्टरनेट प्रयोगकर्ता ५७ लाख ६८ हजार छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न

‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति’ भनी सामग्री सम्प्रेषण भएको भन्दै

सनत आचार्य कोरोना संक्रमणबाट कुवेतमा थप एक नेपालीको ज्यान गएको छ । स्याङ्जा जिल्ला स्थायी घर भइ विगत २० वर्षदेखि

नारद कोहार, कपिलवस्तु तान्त्रिक प्रयोजनको लागि महिलाको हत्या गरी शरीरका अंगहरु बेचबिखन गर्ने संगठित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।