शैक्षिक मेला नछुटाउन उपासनाको आग्रह

शैक्षिक मेला नछुटाउन उपासनाको आग्रह


एजुकेसन एण्ड माइग्रेसन कर्नरको शैक्षिक मेला शुक्रबार

  • राजन घिमिरे

लामो समयदेखि शिक्षा क्षेत्रमा आबद्ध एजुकेसन एण्ड माइग्रेसन कर्नरले आगामी शुक्रबार (२० चैत) आफ्नो कार्यालयमा एक विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।

उच्चशिक्षा हासिल गर्न अष्ट्रेलिया, यूके र क्यानडा जान चाहने विद्यार्थीहरूको हितका लागि शैक्षिक मेला आयोजना गर्न लागिएको जानकारी दिइएको छ ।

शैक्षिक मेला कर्नरको पुतलीसडकस्थित शंकरदेव कलेजसँगै रहेको कार्यालयमा आयोजना गर्न लागिएको हो । उच्चशिक्षा पढ्न विदेश जान चाहेर पनि सही जानकारी नपाएका कारण अलमलमा परेका विद्यार्थीहरूको समस्यालाई ध्यानमा राखी मेला आयोजना गरिएको कर्नरका प्रमुख सुनिल उप्रेतीले जानकारी दिए ।

उनका अनुसार मेलामा विभिन्न कलेज र युनिभर्सिटीका प्रतिनिधिका साथै शैक्षिक ऋणका लागि विभिन्न बैंकका प्रतिनिधि र आइडिपीआरका प्रतिनिधिहरुबाट भरपूर जानकारी प्राप्त गर्न सकिने छ। मेलामा अफर लेटर र उच्चशिक्षा हासिल गर्न विदेश जान खोजे पनि दोधारमा परेका विद्यार्थीहरूलाई भरपूर जानकारी उपलब्ध गराइने दाबी गरिएको छ ।

मेलामा ऐजुकेसन एण्ड माइग्रेसन कर्नरकी ब्राण्ड एम्बेसडर अभिनेत्री उपासनासिंह ठकुरीले मेलामा आएका विद्यार्थीहरूसँग छलफल गर्ने छिन् । यो मेला साँच्चै प्रभावकारी र उपलब्धिमूलक हुने भन्दै सकेसम्म नछुटाउन उपासनाले आग्रह गरेकी छन् ।

बताइएअनुसार मेलामा सहभागी हुन आउने एक सयभित्र परेका विद्यार्थीलाई विभिन्न पुरस्कारको ब्यवस्था समेत गरिएको छ। मेला शुक्रबार बिहान १० देखि ५ बजेसम्म आयोजना हुनेछ ।