नारायणहिटीमा बतास !

नारायणहिटीमा बतास !



भारत सरकारको सहयोगमा निर्मित पशुपतिनाथ परिसरमा निर्मित धर्मशाला ठेक्कामा लिएर होटल सञ्चालन गर्ने पोखराका ब्यापारी आनन्द बतासलाई सरकारले नारायणहिटी राजदरबारमा रेष्टुरेन्ट सञ्चालन गर्न अनुमति दिएको जानकारी प्राप्त भएको छ ।

धर्मशालालाई महँगो होटलमा परिणत गराउन पशुपति विकास कोषका पदाधिकारीहरूको मूख्य भूमिका रहेको भए पनि नारायणहिटी राजदरबारमा रेष्टुरेण्ट सञ्चालन गर्न अनुमति दिने काम ताप्लेजुङका योगेश भट्टराई पर्यटनमन्त्री रहेका बेला उनकै अग्रसरतामा भएको बुझिएको छ ।

पोखरामा आरजु राणाको ब्यापारिक साझेदारका रूपमा चिनिएका आनन्द बतासले नारायणहिटीमा रेष्टुरेण्ट सञ्चालनको अनुमति लिने क्रममा राम्रै खर्च गरेको चर्चा मन्त्रालयका कर्मचारीबीच चल्ने गरेको भए पनि कतिमा ‘डील’ भएको थियो भन्ने यकीन भएको छैन । तर बतासलाई रेष्टुरेण्ट सञ्चालनको अनुमति दिन योगेश आफैंले तत्परता लिएको बुझिएको छ ।

ऐतिहासिक सम्पदाहरूको मौलिकता नष्ट गर्ने/गराउने कार्यमा योगेशको विशेष अभिरुचि हुनुलाई रहश्यमयी मानिएको छ ।