छेक्न सकेन कोरोनाले होलीको रौनक

छेक्न सकेन कोरोनाले होलीको रौनक


  • विकास रौनियार, धादिङ

देशको हिमाली तथा पहाडी क्षेत्रमा आइतबार र तराई मधेसमा सोमबार उत्सवका साथ होली मनाइँदै छ । पहाडी भेगका अन्य स्थानजस्तै राजधानीसँग जोड़िएको जिल्ला धादिङका विभिन्न स्थानमा सहभागी भएर हजारौँ संख्यामा युवा–युवती, बालबालिका र बृद्धवृद्धाले पनि होली मनाएका छन् ।

धादिङमा होलीको बेला बितेका वर्षमा हुने चहलपहलको तुलनामा यसपालि केही कम चहलपहल रह्यो । तथापि, फागु पूर्णिमाको शुभकामना साटासाट गर्दै रंगमा रमाए ।

कोभिड–१९ को जोखिमलाई दृष्टिगत गर्दै नेपाल प्रहरीले होली सावधानीका साथ मानाउन अनुरोध गरेको थियो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ सङ्क्रमण फैलन सक्ने भएकाले नेपाल सरकारले जारी गरेको निर्देशन र स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न पनि प्रहरीले विशेष अनुरोध गरेको थियो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारत, बेलायत, फ्रान्सलगायत युरोपेली मुलुकमा कोभिड–१९ को सङ्क्रमणको दरमा वृद्धि भएको र नेपालमा पनि प्रभाव पर्न सक्ने भन्दै सावधानी अपनाउन अनुरोध गरेको थियो । यसको पालना गर्दै धादिङको सदरमुकाम धादिङबेशी, मौवाखोला, बेनिघाट, मलेखु, गजुरी, गल्छी, नौबिसे लगायत स्थानमा उल्लासमय रूपमा होलीपर्व मनाइएको छ ।

हेर्नुहोस् होली उमंगका केही तस्बिर