कंगनालाई बलिउडको प्रतिष्ठित पुरस्कार

कंगनालाई बलिउडको प्रतिष्ठित पुरस्कार



बलिउडमा बोल्ड स्वभावका कारण अलग पहिचान बनाएकी कंगना रनौतले फिल्म ‘मणिकर्णिका’ र ‘पंगा’को लागि ६७औँ राष्ट्रिय फिल्म पुरस्कार समारोहमा सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार जितेकी छन् । हिन्दी सिनेमामा कंगना कहलिएकी नाम त हुन् नै यसबाहेक पनि उनी हरदम कुनै न कुनै मामलाका कारण चर्चामा छाइरहेकी हुन्छिन् । अक्सर उनी एक विवादित पात्रको रूपमा चर्चामा रहन्छिन् । अभिनयका कारण कंगनाको जति प्रशंसा गरिन्छ, झैझगडाका सन्दर्भले उनलाई उत्तिकै विवादमा तानिरहेको हुन्छ ।

हिमाचल प्रदेशमा जन्मिएकी कंगनाले शुरुमा अभिनयको प्रशिक्षण दिल्लीमा नाटक निर्देशक अरविन्द गौरबाट लिएकी थिइन् भने पछि मात्र उनले मुम्बईलाई कर्मथलो बनाएकी हुन् । मुम्बईमा करिअरको संघर्ष गर्दैगर्दा आदित्य पंचोलीसँग प्रेम सम्बन्धमा रहे पनि पछि उनीहरूको सम्बन्ध नराम्रो गरी बिग्रिन पुग्यो । त्यसपछि प्रेमको मामलामा कंगना पन्छिदै आएकी छन् ।

यसैबीच बलिउडमा ‘बेबी डोल’ नामले चर्चित सनी लियोनी यतिबेला पुनः चर्चामा आएकी छिन् । सनी हालै बोल्ड, स्टाइलिस र ग्लैमरस तस्बिर सामाजिक सञ्जालमा राखेर चर्चामा आएकी हुन् ।

सामाजिक सञ्जालमा निकै एक्टिभ रहने सनीले अपलोड गरेका तस्बिर अहिले निकै भारइल बनेका छन् । यी तस्बिरलाई सनीका प्रसंशकहरूले खुलेर तारिफ गरेका छन् । उनको यो तस्बिरलाई विश्वभरि ६ लाखभन्दा बढीले हेरिसकेका छन् भने यसमा प्रशंसकहरूले ‘बेबी डोल रिटर्न ब्याक’ भन्ने प्रतिक्रियासमेत दिएका छन् ।

सनी यतिबेला विक्रम भट्टको निर्माणधीन सिरिज ‘अनामिका’को सुटिङमा व्यस्त छिन् । यो सिरिजमा उनी एक प्रशिक्षित किलरको भूमिका निभाइरहेकी छिन् । जसमा उनले खुलेर एक्सन भूमिका निर्बाह गरेकी छन् । जसको लागि उनले लामो समय कडा प्रशिक्षण लिएकी थिइन् ।