स्वतन्त्रप्रताप शाह उत्कृष्ट डायस्पोरा मोडलको मनोनयनमा

स्वतन्त्रप्रताप शाह उत्कृष्ट डायस्पोरा मोडलको मनोनयनमा


  • राजन घिमिरे

कलाकार एवम् मोडल स्वतन्त्रप्रताप शाह उत्कृष्ट डायस्पोरा मोडलको मोननयनभित्र परेका छन् । उनी अष्ट्रेलियाको ब्रिसबेनमा छायाङ्कन गरिएको ‘जनम जनम…’ बोलको गितको म्यूजिक भिडियोबाट डायस्पोराको उत्कृष्ट मोडलको मनोनयनमा परेका हुन् । नेपाली म्यूजिक भिडियो अवार्डमा उत्कृष्ट डायस्पोरा मोडलको मनोनयनमा परेका स्तन्त्रप्रताप शाह लामो समयदेखि प्रवासबाट नेपाली सिनेमा र म्यूजिक भिडियोमा निरन्तरता रूपमा लागि पर्दै आएका कलाकर्मी हुन् ।

यसअघि मलेशिया र दुइ पटक दुबईमा आयोजना गरिएको नेपाली म्यूजिक भिडियोको यो चौथो संस्करण हो । यसपटक भने यो कार्यक्रम दुई महिनापछि हङकङमा आयोजना गरिन लागिएको जानकारी आयोजक मनोज केसीले गराए । ‘प्रवासमा रहेर पनि नेपाली कलाकारितामा लागि पर्ने कलाकारहरूका लागि यो प्रकारको विधा राखिएको हो’, केसीले भने- प्रबासमा रहनुहुने कलाकारलाई हौसला र प्रोत्साहनका लागि यो विधा राखिएको हो ।’

मन प्रवासमा भए पनि नेपाली कलाकारिता र यो क्षेत्रमा स्वतन्त्रप्रताप शाहले आफ्नो सहभागिता र उपस्थिति जनाउन छाडेका छैनन् । अष्ट्रेलियामा नेपाली सिनेमाहरूको प्रदर्शन र बजार ब्यबस्थापनको मामिलामा मात्र होइन कि नेपालबाट कलाकारहरूलाई निमन्त्रणा गरेर अष्ट्रेलियाका विभिन्न शहरमा सांस्कृतिक कार्यक्रमको आयोजना पनि गर्दै आइरहेका छन् उनले । फेसबुक र मेरो भायालेन्टाइन गरेर दुई सिनेमाका नायक शाह जनम जनम गीतको भिडियोबाट मनोनयनमा पर्न सफल भएकोमा निकै प्रशन्न छन् । ‘यो मनोनयनले यो क्षेत्रलाई निरन्तरता दिन उर्जा थपेको छ । आगामी दिनहरूमा पनि यो क्षेत्रमा लागिरहन प्रेरणा मिलेको छ । आयोजक र जुरीहरूलाई हार्दिक आभार ब्यक्त गर्दछु’ शाहले भने ।