फर्निचर उद्योगमा आगलागी, ४५ लाखबराबरको क्षति

फर्निचर उद्योगमा आगलागी, ४५ लाखबराबरको क्षति



चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी भएको हो ।

आगलागीबाट करीब ४५ लाख बराबरको फर्निचर र काठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिएका छन् ।

विद्युत् चुहावट भएर आगलागी भएको बताउँदै राति ११ः१० बजे लागेको आगो १२ः३५ मा नियन्त्रणमा आएको उनले बताए । भरतपुर महानगरपालिकाको दुई र खैरहनी नगरपालिकाको एक दमकलसँगै स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका हुन् ।