आजको पञ्चाङ्ग एवम् राशिफल (२२ फाल्गुण २०७७ शनिबार, ६ मार्च २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (२२ फाल्गुण २०७७ शनिबार, ६ मार्च २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४२ नेपाल सम्वत् ११४१ शिशिर ऋतु वि.सं. २०७७ फाल्गुण २२ गते शनिबार तद्अनुसार सन् २०२१ मार्च ६ तारिख फाल्गुन कृष्णपक्षको अष्टमी तिथि ज्येष्ठा नक्षत्र बज्र योग बालब करण आनन्दादिमा मुशल योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२६ मा र सूर्यास्त साँझ १८ः०६ मा हुनेछ । अष्टमी व्रत, गोरखकाली पूजा ।

आजको राशिफल

मेष – समय मिश्रित फलदायी रहनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । रसविलासमा रुचि बढ्ला । मान सम्मानमा ध्यान राख्नुपर्ला । घरपरिवारको स्थिति अनुकूलै रहला । यात्रामा सफलता मिल्नेछ । विकासको बाटो देखापर्ला । सुख–सुविधाको वस्तुमा खर्च बढ्नेछ । लोभलालचमा नपर्दा उचित रहला । योजना र बजेट बनाइ काम गर्नु बेस रहला । भूलचुक गरेमा भोलि पछुतोमा पर्नुपर्ने छ । लापरवाही नगर्दा बेस रहला । नियमकानूनलाई ध्यानमा राख्नुपर्ला ।

बृष – अन्न धन बढ्ला । मिठो भोजन मिल्नेछ । आयस्रोत बढ्नेछ । आर्थिक क्षेत्रमा सफलता मिल्नेछ । उधारो लगानी लगाइएको धन उठ्नेछ । रोकिएको काम बन्नेछ र नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । विकासको पथ बलियो बन्ने छ । व्यापारिक क्षेत्रमा नयाँ–नयाँ सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति पनि प्राप्त होला । आफन्तको सहयोग समर्थन मिल्नेछ । समयले साथ दिनेछ । विजयश्री प्राप्त होला । सुख–सुविधाको बस्तु बढ्नेछ । हरेक प्रकारले उत्थान होला ।

मिथुन – नयाँ–नयाँ सफलता मिल्नेछ । साहसिक क्षेत्रसित सम्बन्धित काम बन्ला । मान महत्व धन–सम्पत्ति सुख–समृद्धि बढ्नेछ । विजयश्री मिल्नुको साथै वर्चस्व पनि बढ्ला । आफन्तको सहयोग समर्थन मिल्ला । पारिवारिक विकाससँगै कार्यक्षेत्रमा पनि सफल रहनुहुनेछ । दायित्वलाई पूरा गर्नुसँगै नयाँ दायित्वको पनि प्राप्ति होला । रोकिएको कार्य बनेर मन प्रशन्न हुनेछ ।

कर्कट – ग्रहगोचर भाग्यवर्धक छ । इष्टमित्र सन्तान सुख बढ्नेछ । शुभ कार्यमा सफलता मिल्नुसँगै विकासको काम पनि बन्नेछ । बौद्धिक र रचनात्मक काममा रुचि बढ्नुसँगै यात्रामा पनि सफलता पाउनुहुनेछ । मान सम्मान बढ्नुको साथै ख्याति पनि फैलिने छ । आरोग्यता बढ्नेछ । विकासको नयाँ नयाँ बाटो देखा पर्ला । सुखशान्ति बढ्नेछ । हरेक प्रकारले कल्याणले बाटोमा लागि पर्नुहुनेछ ।

सिंह – कुनै प्रकारको जोखिममा नलाग्दा उचित हुनेछ । स्वास्थयमा सचेत रहनुपर्ला । नियम कानुनलाई उपेक्षा गर्नु उचित हुनेछैन । योजना र बजेट बनाई कार्य गर्नु बेस रहला । उच्चाधिकारीहरुसँगको व्यवहारमा नम्रता राख्नु बेस रहला । चोरी ठगी विश्वासघातीप्रति सचेत रहनुपर्नेछ । विवाद आदिप्रति सचेत रहनुपर्नेछ । भागदौड व्यस्तता लागिरहनेछ ।

कन्या – सुख–समृद्धि धन यश बढ्नेछ । आरोग्यता बढ्नुको साथै नयाँ कार्यमा पनि सफलता मिल्ने देखिन्छ । साझेदारीको कार्य बन्नुको साथै नयाँ नयाँ कार्यमा पनि प्रगतिको बाटो बलियो बन्ने छ । जीवनसाथीको सुख सहयोग पाउनुहुनेछ । रस रागमा आकर्षण गर्नेछ । मिठोभोजन पाउनुहुनेछ । मान प्रशंसा होला । ख्याती फैलिनेछ । सुख–शान्ति बढ्ला । यात्रामा सफलता मिल्नेछ । लेखन तथा प्रकाशनसित सम्बन्धित काम बन्नेछ ।

तुला – ऋण रोग र शत्रुसित लड्ने प्रतिरोधात्मक क्षमता बलियो बन्ने छ । आफन्तको सहयोग मिल्नुको साथै शत्रुलाई पनि जित्नुहुनेछ । रोकिएको काम बन्नेछ र नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । विजयश्री मिल्नुको साथै सुख–समृद्धि पनि बढ्नेछ । आलस नगरी समयबाट बढीभन्दा बढी फाइदा लिनुहोस् । घरपरिवारको स्थितिमा सुधार हुनुको साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ । मान महत्व पुरस्कार पाउनु हुनेछ ।

वृश्चिक – आजको समय प्रेमको क्षेत्रमा सफलता पाउनकोलागि अत्यन्तै अनुकूल छ । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । इष्टमित्र सन्तान आदिद्वारा सहयोग मिल्नेछ । कला साहित्य संगीत गीत रसरागसित सम्बन्धित कार्यमा सफल रहनुहुनेछ । रचनात्मक र कलात्मक कार्यमा सफलताको साथै साथीभाइबीच आमोदप्रमोदमा हुनेछ । आनन्द बढ्नेछ । सुख शान्तिमा वृद्धि होला । प्रेमपात्रको साथ पाइनेछ ।

धनु – देखापरेको समस्याको समाधान मिल्नेछ । खर्च बढ्नेछ । यात्रा हुनेछ । भागदौड र व्यस्तता बढ्नेछ । अरूको भरमा बस्नु उचित हुनेछैन । आफ्नै बल विवेकले काम गर्नु बेस रहला । विवाद आदिमा पार्नु उचित हुने छैन । ठूलो रकमको लगानीको सम्बन्धमा महत्वपूर्ण कागजपत्रमाथि हस्ताक्षर गर्दा सचेत रहनुपर्नेछ । आँखा चिम्लेर अरुमाथि भर पर्नु उचित हुनेछैन ।

मकर – विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । यात्रामा सफलता मिल्ला । लेखन प्रकाशनसित सम्बन्धित काम बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । नयाँ–नयाँ काम बन्ला । मान महत्व वर्चस्व पर्नेछ । बौद्धिक र रचनात्मक काम बन्नुको साथै सुख शान्ति बढ्नेछ । अन्नधन बढ्नेछ ।

कुम्भ – बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ने छ । दायित्व पूरा गर्नुहुनेछ । यश वर्चश्व बढ्ला । भोजभतेरमा भाग लिनु हुनेछ । आर्थिक वार्तामा सफलता पाउनुहुनेछ । सभा र समारोहमा मान पुरस्कारको प्राप्ती होला । दरिद्री भागेर आर्थिक उत्थानको बाटो देखापर्ला । उच्चाधिकारीको साथ मिल्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । गौरव बढ्नेछ ।

मीन – आरोग्यता बढ्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन पाउनुहुनेछ । कार्य व्यापारमा पनि प्रगति होला । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आर्थिक पक्ष बलियो बन्ने छ । विजय पथमा अग्रसर रहिरहनु हुनेछ । सफलता र समृद्धिले पाइला चुम्नेछ । यात्रा होला । रसरागमा प्रवृत्ति बढ्नेछ । ख्याति फैलिनेछ ।