८० वर्षीय पेलेले लगाए कोरोनाको खोप

८० वर्षीय पेलेले लगाए कोरोनाको खोप



ब्राजिलका विश्व चर्चित फुटबल खेलाडी पेलेले कोविड–१९ को खोप लगाएका छन् । खोप लगाएपछि ८० वर्षीय महान् फुटवल खेलाडी पेले यो दिन आफुले कहिल्यै नबिर्सिने बताए ।

पेलेले सोशल मिडियामा दायाँ हातमा खोप लगाउँदै गरेको तस्बिर राखेका छन् ।

ब्राजिलले तीन पटक विश्वकप फुटबलको उपाधि जित्दा ब्राजिलियन टीमको सदस्य रहेका पेलेले आफुले खोप लगाएको स्थानको बारेमा भने खुलासा गरेका छैनन् ।

एक वर्षअघि ब्राजिलमा कोरोनाको महामारी शुरु भएदेखि पेले साओ पाउलोबाहिर गुआरुजास्थिति आफ्नो घरमा बस्दै आएका छन् ।

अहिलेसम्म ब्राजिलमा कुल जनसंख्याको चार प्रतिसतले मात्रै कोरोनाको खोप लगाएका छन् । ब्राजीलमा कोरोना महामारीका कारण २ लाख ६० हजार ब्यक्तिको ज्यान गएको थियो । जुन अमेरिकापछि दोश्रो स्थानमा पर्दछ ।