स्यानिटाइजर सेवन गर्दा महिलाको मृत्यु

स्यानिटाइजर सेवन गर्दा महिलाको मृत्यु


सनत आचार्य

स्यानिटाइजरको सेवनपछि असक्त बनेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–१७, रघुपति लाइन क्वाटरमा बस्दै आएकी ६५ वर्षीया अम्बिका अधिकारीको सोमबार उपचारको क्रममा मृत्यु भएको हो ।

घरायसी विवादपश्चात उनले स्यानिटाइजर सेवन गरेको प्रहरीले जनाएको छ । स्यानिटाइजर सेवनपछि उनलाई कोसी अस्पताल भर्ना गरिएको थियो ।

अम्बिकाको सोमबार दिउँसो १ बजे मृत्यु भएको प्रहरीले बताएको छ ।