३ बैशाख २०७८, शुक्रबार

मङ्गलबार १० अर्बको विकास ऋणपत्र बोलकबोल हुने

  प्रकाशित मिति
१७ फाल्गुन २०७७, सोमबार १५:२२



नेपाल राष्ट्र बैंकले मङ्गलबार (१८ फागुन) रु १० अर्ब बराबरको विकास ऋणपत्रको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार बोलकबोल प्रक्रियामार्फत ‘विकास ऋणपत्र २०८५ ङ’ बिक्री गरिने भएको हो ।

ऋणपत्रको व्याजदर पनि बोलकबोलको माध्यमबाट नै निर्धारण हुने बताइएको छ । बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपालीले खरिद गर्नसक्ने व्यवस्था गरिएको हो । यो ऋणपत्र धितो राखी कर्जा लिन वा दिन पाइने छ ।

केन्द्रीय बैंकले मङ्गलबार अपराह्न ३ बजे उक्त ऋणपत्र बोलकबोल हुने जनाएको छ । ऋणपत्रको साँवा भुक्तानी २०८५ फागुन १९ गते हुनेछ भने व्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र, आर्जित व्याजमा ब्याजकर लाग्नेछ ।

विवरणअनुसार प्रतिस्पर्धीलाई रु आठ अर्ब ५० करोड र अप्रतिस्पर्धीलाई रु एक अर्ब ५० करोड छुट्याइएको छ । घटीमा रु ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमा नबढाई रु ५० हजारले भाग गर्दा निषेध भाग जाने अङ्कमा खरिद गर्न पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न

‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति’ भनी सामग्री सम्प्रेषण भएको भन्दै

सनत आचार्य कोरोना संक्रमणबाट कुवेतमा थप एक नेपालीको ज्यान गएको छ । स्याङ्जा जिल्ला स्थायी घर भइ विगत २० वर्षदेखि

नारद कोहार, कपिलवस्तु तान्त्रिक प्रयोजनको लागि महिलाको हत्या गरी शरीरका अंगहरु बेचबिखन गर्ने संगठित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।