३ बैशाख २०७८, शुक्रबार

सुनको मूल्यमा ४०० वृद्धि

  प्रकाशित मिति
१७ फाल्गुन २०७७, सोमबार ०६:५४



स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज सामान्य सुधार भएको छ । अघिल्लो सातादेखि ओरालो लागेको सुनको मूल्य आइतबार पनि ओरालो नै लागेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यसूचीअनुसार सुन तोलामा रु ४०० ले उकालो लागेको छ ।

प्रतितोला रु ८८ हजार ३०० मा आइतबार कारोवार भएकोे छापावाला सुन आज भने रु ८८ हजार ७०० मूल्य कायम भएको छ ।

त्यसैगरी तेजाबी सुनको मूल्य आइतबार प्रतितोला रु ८७ हजार ८५० हजारमा कारोवार भएकामा आजका लागि रु ८८ हजार २५० कायम भएको महासङ्घले जनाएको छ । तोलामा रु एक हजार ३२५ मा आइतवार कारोवार भएको चाँदी आजका लागि भने रु पाँचले वृद्धि भई रु एक हजार ३५० मूल्य निर्धारण भएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिच आयातमा लगाइएको कोटा प्रणाली स्थगन भएको छ । कोटाभन्दा तीन गुणासम्म माग आएपछि वाणिज्य,

भन्सार प्रतिनिधिविरुद्ध राजश्व अनुसन्धानको मुद्दा राजश्व उठाउने निकायका प्रतिनिधि नै राजश्व छलीमा संलग्न रहेको पाइएको छ । राजश्व अनुसन्धान विभागले

रासस नेपाल आयल निगम अहिले आफूलाई पूर्णतः डिजिटाइज गर्ने अभियानमा जुटेको छ । निगमका आन्तरिक र बाह्य क्रियाकलापलाई एकै सफ्टवेयरबाट

चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा ६ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ । नेपाल राष्ट्र