३ बैशाख २०७८, शुक्रबार

फ्लोर मिल्सका सञ्चालकहरुद्वारा पन्ध्र करोड राजश्व छली

  प्रकाशित मिति
१७ फाल्गुन २०७७, सोमबार ०५:१०



विराटनगर महानगरपालिका–९ स्थित बाबा फ्लोर मिल्स प्रालिका सञ्चालक तथा गोपाल फ्लोर मिलका मुख्य कारोवारी सुरेशकुमार राठीसहित तीन जनाविरुद्ध राजश्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा आर्थिक अपराधको मुद्दा दर्ता गरेको छ ।

उनीहरूले रु १५ करोड ३६ लाख बिगो बराबरको राजश्व छली गरेको विभागले आरोप लगाएको छ । विभागले गरेको अनुसन्धानमा उनीहरूले आम्दानीभन्दा घटी बिक्री देखाई मूल्य अभिवृद्धि कर, लाभांश कर तथा आयकर छलेको पाइएको हो ।

उक्त घटनामा उनीसहित सोही ठाउँका सुमन राठी र गिरधारीलाल अग्रवाल संलग्न रहेको विभागले आइतबार एक सूचना जारी गरी जनाएको छ । दायर मुद्दामा उनीहरूमाथि बिगो असुल उपर गरी जरिवाना तथा कैद सजायको माग गरिएको छ । उनीहरूले सामान ओसारपसार गर्दा विभागको सूचना प्रणालीमा सामान प्रविष्ट नगरेको पाइएको छ ।

प्रतिवादीले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित गरेको एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख) र (छ) बमोजिम कसुर गरेको विभागको आरोप छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न

‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति’ भनी सामग्री सम्प्रेषण भएको भन्दै

सनत आचार्य कोरोना संक्रमणबाट कुवेतमा थप एक नेपालीको ज्यान गएको छ । स्याङ्जा जिल्ला स्थायी घर भइ विगत २० वर्षदेखि

नारद कोहार, कपिलवस्तु तान्त्रिक प्रयोजनको लागि महिलाको हत्या गरी शरीरका अंगहरु बेचबिखन गर्ने संगठित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।