बेल्जियमको जेलमा कोरोना फैलिएपछि कैदीका आफन्त प्रदर्शनमा

बेल्जियमको जेलमा कोरोना फैलिएपछि कैदीका आफन्त प्रदर्शनमा



बेल्यिजयमको नामुर कारागारमा १३२ कैदीबन्दी र ६० कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सरकारले लकडाउनका थप उपाय अपनाउने घोषणा गरेको छ ।

सरकारले थुनामा रहेका कैदीलाई सङ्क्रमणबाट सुरक्षाका लागि आवश्यक ध्यान नदिएको तथा सङ्क्रमित कैदीलाई भेट्न कारागार प्रशासनले नदिएको भन्दै उनीहरूका आफन्तहरूले कारागार क्षेत्रमा प्रदर्शन गरेका छन् ।

सङ्क्रमितहरूलाई बाहिरी व्यक्तिसँग भेट्न दिँदा कोरोनाले उग्ररूप लिनसक्ने भन्दै जेल प्रशासनले उनीहरूलाई भेट्न नदिइएको बताएको छ । प्रधानमन्त्री अलेक्डेन्डर डी क्रोओले कारागारमा देखिएको सङ्क्रमणले देश नै कोरोनाको सङ्कटमा परेको सङ्केत गर्दै लकडाउनको थप उपायहरू अपनाउने बताएका सिन्ह्वाले जनाएको छ ।

महामारी नियन्त्रणका लागि पर्याप्त सतर्कता अपनाइरहेका समय सङ्क्रमण फैलिएको र यसलाई नियन्त्रणमा ल्याउनका लागि थप कदम चाल्ने उनले बताए । बेल्जियममा हालसम्म पनि रात्रिकालीन लकडाउन जारी छ । बेल्जियममा आइतबारसम्म ७ लाख ६६ हजार ६०० बढी कोरोना सङ्क्रमित छन् भने २२ हजारको मृत्यु भइसकेको छ ।