प्रदेश विजेता बन्दै धादिङले जित्यो नगद ५ लाख

प्रदेश विजेता बन्दै धादिङले जित्यो नगद ५ लाख



विकास रौनियार, धादिङ

नुवाकोटमा सञ्चालित बागमती प्रदेश लिग फुटबल प्रतियोगिता २०७७ को उपाधि धादिङ समाज धादिङ डीएसडीले प्राप्त गरेको छ । फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको फाइनल खेलमा काठमाडौंको टिम विरुद्ध एक गोल गर्दै धादिङ समाज धादिङले बागमती प्रदेश लिग फुटबल प्रतियोगीता २०७७ को उपाधी उचालेको हो ।

खेलको सुरुवाती २ मिनेटमै डीएसडीका खेलाडी दिपेन कँडेलले पेनाल्टीमार्फत गोल गर्न सफल भएका थिए । त्यही पहिलो १ गोलले नै धादिङ समाज धादिङ डीएसडीलाई उपाधि हात पार्न सफल गरायो । यस्तै काठमाडौंको टिमले धादिङ समाज धादिङविरुद्ध गोल गर्न सकेन ।

फुटबल संघ नुवाकोटले आयोजना गरेको प्रतियोगिताको विजेता टिमलाई पुरस्कार वितरण गरेको छ । प्रतियोगितामा फाइनल विजेता धादिङ समाज धादिङलाई ५ लाख नगदसहित ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार वितरण गरिएको छ । यस्तै उपविजेता काठमाडौंको टिमलाई नगद २ लाखसहित ट्रफी मेडल र प्रमाणपत्र वितरण गरिएको छ ।

खेलअवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने डीएसडीकै खेलाडी रवि भण्डारीलाई नगद ५० हजारसहित उत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरिएको छ । यस्तै, नगद १५/१५ हजार राशिसहित डीएसडीकै अर्का खेलाडी दिपेन कँडेललाई बेष्ट फरवार्ड खेलाडीको अवार्ड, इश्वर गुरुङलाई बेष्ट किपर, दिपक रानालाई बेष्ट कोचको अवार्ड प्रदान गरिएको छ । यस्तै वेष्ट डिफेन्डरमा सिन्धुपाल्चोकका अनिष श्रेष्ठ र वेष्ट मिड फिल्डरको अवार्ड सुभिल श्रेष्ठलाई प्रदान गरिएको छ ।