३ बैशाख २०७८, शुक्रबार

‘बी’डिभिजन लिग : सातदोबाटो युथ क्लब विजयी

  प्रकाशित मिति
१४ फाल्गुन २०७७, शुक्रबार १६:२५


सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत शुक्रबार भएको खेलमा सातदोबाटो युथ क्लब विजयी भएको छ ।

ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सादोबाटोले खुमलटार युथ क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । सातदोबाटोका लागि दोर्जे तामाङ, आशिष राई र भुवन बस्नेतले एक एक गोल गरे । यस्तै खुमलटारका लागि सविन केसी र आदिल हमिदले एक एक गोल गरेका हुन् ।

खेलको ११औँ मिनेटमा सातदोबाटोका तामाङले पेनाल्टीमार्फत पहिलो गोल गरेका हुन् । खेलको २६औँ मिनेटमा खुमलटारका केसीले गोल गर्दै एक एक गोलको बराबरीमा पुर्याए । यस्तै खेलको ४८औँ मिनेटमा खुमलटारका हमिदले टोलीका लागि तेस्रो गोल गरे । खेलको ६१आँै मिनेटमा सातदोबाटोका राईले गोल गर्दै २–२ गोलको बराबरीमा पुर्याए ।

खेलको ७४औँ मिनेटमा सातदोबाटोका लागि बस्नेतले गोल गर्दै खेलको नतिजा ३–२ ले आफ्नो पक्षमा पारे । जितसँगै सातदोबाटो लिगको शीर्ष स्थानमा कायमै रहेको छ । सातदोबाटोले हालसम्म सात खेलमा १९ अङ्क जोडेको छ । खुमलटारको भने सात खेलमा १६ अङ्क छ । खुमलटार लिगको दोस्रो स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कूल सङ्क्रमित सङ्ख्या २,८२,८९० देशभर शुक्रबार थप ९०० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार

कोभिड-१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गरी राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले विद्यालयमा भौतिक उपस्थितिको सट्टा भर्चुअल माध्यमबाट पठनपाठन गराउने

जापान प्रतिनिधिबाट जापानको टोकियोस्थित शिन्जुकु वडामा बिहीबार एक कन्डमिनियम भवनको पार्किङ क्षेत्रमा फसेर चार जनाको मृत्यु भएको छ । केही

हेमशंकर सिंह, सप्तरी नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले संसद अनिर्णयको बन्दी भएकाले सहमतिको सरकार र निर्वाचन नै वर्तमान