नेकपाका मुख्य सचेतकमा विशाल भट्टराई

नेकपाका मुख्य सचेतकमा विशाल भट्टराई



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संंसदीय दलको प्रतिनिधिसभातर्फका मुख्य सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरिएको छ ।

प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले खोटाङबाट निर्वाचित भट्टराईलाई आज प्रमुख सचेतकमा नियुक्त गर्नुभएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले नेकपा सङ्घीय संसदीय दलको विधान, २०७५ को दफा १३ बमोजिम भट्टराईलाई मुख्य सचेतकमा नियुक्त गर्नुभएको हो ।

यसअघि संसदीय दलका मुख्य सचेतकमा देवप्रसाद गुरुङ रहनुभएको थियो ।