३ बैशाख २०७८, शुक्रबार

कांग्रेस हतारिएर सरकारमा नजाने नेता सिंहको प्रष्टोक्ति

  प्रकाशित मिति
१३ फाल्गुन २०७७, बिहीबार १५:४५



नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले कांग्रेस अहिले हतारिएर सरकारमा नजाने बताएका छन् । मध्यपुरथिमि नगरपालिका-३ कौशल्टारमा कांग्रेसका युवा नेता एवं खेलाडी अष्ट कँवेले तीन करोडको लागतमा आजदेखि सञ्चालनमा ल्याएको फिटनेश सेन्टर, स्नोकर हाउस एवं वर्गर हाउसको उद्घाटन गर्दै कांग्रेसका प्रभावशाली नेता सिंहले प्रतिपक्षमै बस्ने जनादेश भएकाले कांग्रेस पाँच वर्ष प्रतिपक्षमै बस्नुपर्ने धारणा राखे ।

नेकपाको संसदीय दल अहिले पनि सक्रिय रहेको र पार्टी वैधानिक रुपमा नफुटेका अवस्थामा कांग्रेस सरकारमा गए फसिने स्पष्ट पार्दै नेता सिंहले भने, ‘कांग्रेसले अहिले यो गर्छु, त्यो गर्छु भनेर आफैं फस्ने गरी सरकारमा जान हतारमा निर्णय गर्नु हुँदैन, कम्युनिष्टले हामी सरकार चलाउन सक्दैनौँ भनेर आए मात्रै सोच्ने कुरा हो ।’

कार्यक्रममा खेलाडी एवं नेता कवेँले राजनीति गर्ने व्यक्तिले व्यवसाय आफैँ शुरु गर्नुपर्छ भन्ने मान्यताका साथ निरोग, स्वस्थ्य जीवन र खेलकूदमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले आफूले हाउस सञ्चालनमा ल्याएकोजानकारी सो अवसरमा दिएका थिए ।

उक्त हाउसले देशविदेशमा प्रतिस्पर्धा गर्दै पदक जित्न सक्ने गरी दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले ‘फिटनेस, बडिबिल्डिङ, एरोबिक्स, जुम्बा, स्टिम, सावना, स्नोकर र द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ सञ्चालनमा ल्याइएको र त्यसबाट हुने आम्दानीको २० प्रतिशत सामाजिक सेवा र खेलकूदको विकासमा खर्च गर्ने गरिने जनाएको छ ।

pict:rss



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न

‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति’ भनी सामग्री सम्प्रेषण भएको भन्दै

हेमशंकर सिंह, सप्तरी नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले संसद अनिर्णयको बन्दी भएकाले सहमतिको सरकार र निर्वाचन नै वर्तमान

सनत आचार्य कोरोना संक्रमणबाट कुवेतमा थप एक नेपालीको ज्यान गएको छ । स्याङ्जा जिल्ला स्थायी घर भइ विगत २० वर्षदेखि