३ बैशाख २०७८, शुक्रबार

मेलम्ची पानी परीक्षण : सुन्दरीजलस्थित सुरुङको भित्री ढोका बन्द

  प्रकाशित मिति
१३ फाल्गुन २०७७, बिहीबार १३:५४



गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित महाँकालको मेलम्ची खानेपानीको परीक्षणका क्रममा सुरुङभित्रको ढोका बन्द गरिएको छ ।

यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६.५ किमी लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । सुन्दरीजल सो सुरुङको अन्तिम बिन्दु हो । मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्या बारेमा सजगता अपनाइएको आयोजनाका साइड इञ्जिनीयर ब्रह्मलाल राजभण्डारीले जानकारी दिएका छन् । सुरुङमा हालिएको पानी लिकेज भएर क्षति हुन सक्ने भएकाले ढोका बन्द गर्ने र अन्य तयारी भइरहेको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको तिम्बुमा पर्ने सो आयोजनाको मुहानबाट छोडिएको पानी सुन्दरीजल आइपुग्न कम्तीमा १५ दिन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । हाल परीक्षणका लागि २६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ । पानी हालेको चार दिन बित्दा तीन किमी सुरुङ पार भएको जनाइएको छ ।

परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने छ । पानी आएपछि यहाँ निर्माण भएका साढे आठ करोड लिटरका दुई वटा प्रशोधन केन्द्रमा प्रशोधन गरी वितरणका लागि पठाउने तयारी छ । दुवै केन्द्रको कामसमेत सम्पन्न भइसकेको छ । ती केन्द्रमा वाग्मतीको पानी हालेर सामान्य परीक्षणसमेत गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न

‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति’ भनी सामग्री सम्प्रेषण भएको भन्दै

सनत आचार्य कोरोना संक्रमणबाट कुवेतमा थप एक नेपालीको ज्यान गएको छ । स्याङ्जा जिल्ला स्थायी घर भइ विगत २० वर्षदेखि

नारद कोहार, कपिलवस्तु तान्त्रिक प्रयोजनको लागि महिलाको हत्या गरी शरीरका अंगहरु बेचबिखन गर्ने संगठित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।