किसुनजी राष्ट्रिय खुल्ला म्याराथन चैत्रमा

किसुनजी राष्ट्रिय खुल्ला म्याराथन चैत्रमा



नेपाल लोकतान्त्रिक खेलकुद संघ, बाग्मति प्रदेश समितिले आगामी चैत्र २२ गते ‘प्रथम किसुनजी राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाप म्याराथन प्रतियोगिता २०७७’ आयोजना गर्ने भएको छ ।

नेपाली कांग्रेसका संस्थापक नेतामध्येका एक तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा खुल्ला हाप म्याराथन हुने लागेको बाग्मति प्रदेश संघका अध्यक्ष दीपक गुरुङले जानकारी दिए ।

प्रथम पटक आयोजना हुन लागेको यो प्रतियोगितामा विजयी महिला तथा पुरुष खेलाडीले २५-२५ हजार नगद प्राप्त गर्नेछन् । त्यस्तै, दोश्रो र तेस्रो हुने खेलाडीले क्रमसः १५-१५ र १०-१० हजार पाउने छन् भने चौथो र पाँचौँ स्थान हासिल गर्नेले ५-५ हजार प्राप्त गर्ने अध्यक्ष गुरुङले बताए ।

खुल्ला हाप म्याराथन आगामी चैत्र २२ गते शनिबार गोल्फुटार बास्केट बल कोर्टबाट शुरु भइ सोही स्थानमा फर्किएर टुङ्गिने छ । प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापनका लागि करिव ९ लाख खर्च हुने आयोजकले जनाएको छ ।