२२ फाल्गुन २०७७, शनिबार

फेसबुक र अस्ट्रेलियाली सरकारबीचको विवाद समाधान

  प्रकाशित मिति
११ फाल्गुन २०७७, मंगलवार ०८:४५



प्रविधि क्षेत्रको अग्रणी संस्था फेसबुकले अस्ट्रेलियाली समाचार संस्थाहरुसँग जारी विवाद समाधान भएको जनाएको छ ।

अस्ट्रेलियाली संचारमाध्यमको दबाबमा सरकारले फेसबुक र गूगलमा अस्ट्रेलियाली संचारमाध्यमका सामग्री प्रकाशन गरेबापत भुक्तानी गर्नुपर्ने कानुन ल्याएपछि विवाद उत्पन्न भएको थियो ।

फेसबुकले संचारमाध्यमका समाचार र अन्य सामग्री फेसबुकमा प्रकाशन भए त्यसको भुक्तानी नगर्ने बरु संचारमाध्यमका सामग्री नै फेसबुकमा देखिन बन्द गर्ने धम्की दिएको थियो ।

अस्ट्रेलिया सरकारले संचारमाध्यम र फेसबुक दुवैलाई मान्य हुने किसिमले कानुन संशोधन गर्न राजी भएपछि विवाद समाधान भएको हो ।

अस्ट्रेलियाली अर्थमन्त्री जस फ्राइडेन्बर्ग र फेसबुकबीच केही महत्वपूर्ण विषयमा सहमति भएको बताइएको छ । फेसबुक अस्ट्रेलियाका व्यवस्थापन निर्देशक विल एस्टोनले जनचासोको पत्रकारिताका क्षेत्रमा थप लगानी गर्न फेसबुक इच्छुक रहेको बताउँदै आगामी दिनमा अस्ट्रेलियाली नागरिकका लागि फेसबुकमा समाचारको पहुँच बढाइने जानकारी दिए ।

फेसबुकले अस्ट्रेलियाली संचारमाध्यमबाट प्रवाहित समाचारमा रोक लगाएसँगै अस्ट्रेलियाली जनमानसमा नकारात्मक असर परेको थियो ।

अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले फेसबुकको कदमप्रति रोश प्रकट गर्दै कडा आलोचना गरेका थिए । अस्ट्रेलियाको संसदले यसै साता पारित गर्न लागेको कानुनमा फेसबुक र गूगलले स्थानीय संचारमाध्यमलाई भुक्तानी गरेमा थप दण्डित नगरिने उल्लेख छ ।

साथै गूगल र फेसबुकलाई मध्यस्थताका लागि दुई महिनाको समय थप गरिएको छ । दुवै प्रविधि कम्पनीले अस्ट्रेलिया सरकारले अघि बढाएको कानुन उपयुक्त नभएको भन्दै आपत्ति जनाएका थिए ।

एक अध्ययनअनुसार हाल अस्ट्रेलियाली विज्ञापनदाताहरुले विज्ञापन बापत १०० डलर खर्च गरे गूगलले ४९ डलर र फेसबुकले २४ डलर प्राप्त गर्दछन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ बाट ल्याइएको मेलम्चीको पानी २६.५ किमी सुरुङबाट परीक्षण भएर काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलमा झरेको छ । उपत्यकावासीको

काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार भएको दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि

ऐतिहासिक पदकसँगै यसरी ‘फेन्सिङ रानी’ बनिन् अनिता श्रीविक्रम भण्डारी खेलकुद कुन चरीको नाम हो उनलाई पत्तो थिएन । विद्यालयमा खेलेको

जापानको राजधानी टोकियो क्षेत्रमा सङ्कटकालको अवधि फेरि थप गरिएको छ । प्रधानमन्त्री योशिहिडे सुगाले टोकियो महानगर क्षेत्रमा सङ्कटकालको अवधि फेरि