२२ फाल्गुन २०७७, शनिबार

प्रधानाध्यापकको कुटाइबाट छात्रा गम्भीर घाइते

  प्रकाशित मिति
११ फाल्गुन २०७७, मंगलवार ०४:१७



कन्चनपुरको भीमदत्त नगरपालिका–९ मटैनामा रहेको बैजनाथ माध्यमिक विद्यालयका प्रद्यानाध्यापक खड्कसिंह विष्टको कुटाइबाट एक छात्रा घाइते भएकी छन् । कक्षा ९ मा अध्ययनरत छात्रा मनिका नाथलाई प्रधानाध्यापक विष्टले सोमबार कुटपिट गरेका हुन् ।

कुटपिटबाट घाइते भएकी छात्रा नाथलाई उपचारका लागि महाकाली अस्पतालमा भर्ना गरिए पनि अवस्था जटिल भएका कारण थप उपचारका लागि कैलालीको धनगढीतर्फ लगिएको र छात्रा नाथको टाउकामा चोट लागेको बताइएको छ ।

छात्राका बुबा पदम नाथले विद्यालय गएकी छोरीमाथि प्रधानाध्यापक विष्टले कुटपिट गरी घाइते बनाएको जानकारी दिँदै छोरी विद्यालय गएकी तर घर आउँदा बेहोस भएकी बताए ।

छात्रामाथि कुटपिट गर्ने प्रधानाध्यापक विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले छात्रामाथि कुटपिट गरेका प्रअलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

घटनाबारे विद्यार्थी सङ्घसङ्गठन, महिला अधिकारकर्मीले विरोध जनाएका छन् । उनीहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कारवाहीको माग अघि सारेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४२ नेपाल सम्वत् ११४१ शिशिर ऋतु वि.सं. २०७७ फाल्गुण २२

विकास रौनियार, धादिङ जिल्ला प्रहरी कार्यालय धादिङले ज्यान मार्ने मुद्धामा संलग्न ५ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । गत

सरकार निर्माणको साँचो कांग्रेससँग रहेको कांग्रेस महामन्त्रीको दाबी हेमशंकर सिंह, राजविराज शिलान्यास भएको झण्डै १८ वर्षपछि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा