१५ फाल्गुन २०७७, शनिबार

प्रादेशिक प्रशारण केन्द्रको अनुगमनबाट कामको थालनी

  प्रकाशित मिति
११ फाल्गुन २०७७, मंगलवार ०३:३०


प्रदेश–२ को नवनियुक्त प्रदेश प्रमुख डा. राजेश झाले आफ्नो पदभार सम्हालेलगत्तै सोमबार रेडियो नेपालको बर्दिवास नगरपालिका गौरीडाँडा (महोत्तरी)स्थित प्रादेशिक प्रशारण केन्द्रको निरीक्षण गरेका छन् । सबै जातजातिको साझा धरोहरको रुपमा रहेको रेडियो नेपालको प्रादेशिक प्रसारण केन्द्रको अनुगमनबाट आफूले कामको थालनी गरेको प्रमुख झाले बताए ।

सबै जातजातिको भाषा, संस्कृतिको विकासमा रेडियो नेपालले खेलेको भूमिका प्रशंसनीय रहेकाले यसको विकासमा सहयोग गर्ने बताउँदै प्रमुख झाले रेडियो नेपालको प्रसारण पहुँच नेपालमा सबैभन्दा बढी भएकाले यो राष्ट्रिय धरोहर रहेको उल्लेखगरे ।

सो अवसरमा रेडियो नेपालका प्रादेशिक प्रसारण केन्द्र बर्दिवासका कार्यालय प्रमुख रामपुकार रामसहितका कर्मचारी तथा समाचार शाखाका समाचार सम्पादक हृदयकान्त झाले प्रदेश प्रमुख झालाई केन्द्रका बारेमा जानकारी गराएका थिए ।

pict:rss



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत शुक्रबार भएको खेलमा सातदोबाटो युथ क्लब विजयी भएको छ । ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको

तेह्र वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–४ का २२ वर्षीय आसमान निरालेलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला

कोभिड १९ को सङ्क्रमणबाट अमेरिकाको क्यालिफोर्नियामा मात्र ५० हजार जनाभन्दा बढी नागरिकको ज्यान गएको बताइएको छ । कोभिड १९ महामारीका

सिरियामा भएको अमेरिकाआवद्ध हवाई कारबाहीमा परी इरान समर्थक कम्तीमा १७ लडाकू मारिएका ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’ले जानकारी दिएको