बोलाइयो सुरक्षा परिषद्को बैठक, लगत्तै मन्त्रिपरिषद्को बैठक बस्ने
प्रकाशित मिति
११ फाल्गुन २०७७, मंगलवार ०३:१५
प्रधानसेनापति र प्रधानन्यायाधीशबीच सोमबार दिउँसो भएको भेटघाटको चर्चा उत्कर्षमा रहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषदको बैठक बोलाएका छन् । सिंहदरबारस्थित परिषद कार्यालयमा मंगलबार नौ बजे परिषदको बैठक बस्न लागेको बताइएको छ ।
सुरक्षा परिषदमा प्रधानमन्त्रीसहित रक्षा, गृह, परराष्ट्र, अर्थ, मुख्यसचिव र प्रधानसेनापति सदस्य हुन्छन् । आजको बैठकलाई नियमित बैठक भनिए पनि विशेष परिस्थितिमा अचानक बोलाइएको बैठकलाई विशेष चासोका साथ हेरिएको छ ।
सुरक्षा परिषदको बैठक लगत्तै आज नै मन्त्रिपरिषदको बैठक पनि बोलाइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज मन्त्रिपरिषद बैठक बस्ने जानकारी दिए ।