२२ फाल्गुन २०७७, शनिबार

फरुवा प्रहार गरी श्रीमानको हत्या

  प्रकाशित मिति
११ फाल्गुन २०७७, मंगलवार ०२:५२



कन्चनपुर बेलौरी नगरपालिका-६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी आफ्नै श्रीमानको हत्या गरेकी छन् ।

आज बिहान २८ वर्षीया वसन्ती चौधरीले ३० वर्षीय आफ्ना श्रीमान् ओमकुमार चौधरीको फरुवा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार घरायसी विवादमा वसन्तीले फरुवा प्रहार गरेकी हुन् भने बिहान ५ बजे घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली घटनास्थल पुगी वसन्तीलाई नियन्त्रणमा लिइएको छ । टाउकोमा चोट लागेको अवस्थामा शव घरभित्रै फेला परेको छ ।

यसैबीच घरायसी विवादमा बुहारी र नातिले कुटपिट गर्दा घाइते भएका भीमदत्त नगरपालिका–२ का ७६ वर्षीय प्रेम थापाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिट गर्ने ३५ वर्षीया सीता थापा र उनका १८ वर्षीय छोरा अर्जुन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत माघ २८ गते दुवै जनाले वृद्धमाथि कुटपिट गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४२ नेपाल सम्वत् ११४१ शिशिर ऋतु वि.सं. २०७७ फाल्गुण २२

विकास रौनियार, धादिङ जिल्ला प्रहरी कार्यालय धादिङले ज्यान मार्ने मुद्धामा संलग्न ५ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । गत

सरकार निर्माणको साँचो कांग्रेससँग रहेको कांग्रेस महामन्त्रीको दाबी हेमशंकर सिंह, राजविराज शिलान्यास भएको झण्डै १८ वर्षपछि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा